१५ साउन, एजेन्सी। हुवावेको मेट ५० सिरिज सेप्टेम्बरमा रिलिज हुने भएको छ। नयाँ चिपसेट हार्मोनि ओएस ३.० को यो सिरिज सेप्टेम्बरमा रिलिज गर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख छ।
जिएसएम एरेनाका अनुसार मेट ५०, मेट ५० प्रो तथा मेट ५० आरएस यस सिरिज अन्तर्गत सार्वजनिक हुने भएका हुन्। ती फोनहरूमा सबै भन्दा नायँ किरिन ९००० प्रोसेसर राखिने बताइएको छ। यी फोनहरूमा फोरजी मात्रै सपोर्ट गर्ने बताइएको छ।
चीनको डिजिटल च्याट स्टेशनले मेट ५० र मेट ५० प्रोको पछाडीको भागको डिजाइन पनि सार्वजनिक गरिदिएको छ।
हुवावले मेट ५० बाट हार्मोनी ३.० ओएसमा डेब्यु गर्ने बताइएको छ।