२० मंसिर २०७९, मंगलवार

Logo

रुसी जहाजमा भएको ड्रोन आक्रमण, ५ जना घाइते



१५ साउन, एजेन्सी । क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन् । रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् ।

‘आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा हमला गरे’, उनले टेलिग्राममा भने । उक्त हमलामा ५ जना घाइते भएका प्राप्त विवरणहरूमा जनाइएको छ ।

युक्रेनी फौजले रुसी सेनाले २४ फेब्रुवरीपछि कब्जा गरेको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास गरेको छ । बुधबार युक्रेनी आक्रमणमा रुसी सेनाले कब्जा गरेको खेरसन सहरको एउटा प्रमुख पुल आंशिक रूपमा ध्वस्त भएको छ ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको