Trending:

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य
अपडेट

अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर, वार्षिक एक लाख डलरभन्दा बढी कमाइ

अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर, वार्षिक एक लाख डलरभन्दा बढी कमाइ
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१६ साउन, काठमाडाैँ । कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभलपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन्।

अस्ट्रेलियाको नागरिक तथा स्थायी बासिन्दा भएकाले मात्र होईन विद्यार्थीका रूपम पढिरहेकाहरूले पनि राम्रो भूमिका र तलब पाउन थालेका हुन्। यतिखेर सफ्टवेयर डेभलपर तथा प्रोग्रामरको रुपमा काम गरेर वार्षिक एक लाख डलरभन्दा बढी कमाउने नेपालीको संख्या अस्ट्रेलियामा उल्लेख्य छ। नेटवर्किङको क्षेत्रमा पनि ‘हेल्प डेस्कर सपोर्ट’मा काम पाउने विद्यार्थीहरू धेरै हुन थालेका छन्।

अस्ट्रेलियामा सफ्टवेयर डेभलोपमेन्टको तालिम दिने संस्था ‘डेन्टेड कोड’ मार्फत भारतीय, फिलिपिन्स, मोरक्को, इन्डोनेसिया साथै नेपालका विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा अस्ट्रेलियाको आईटी उद्योगमा करिअर बनाउन सहयोग गरिरहेका प्रेम आचार्य आईटीको क्षेत्रमा नेपाली विद्यार्थीहरुले पनि राम्रा अवसररू पाउन सक्ने बताउँछन्। ‘सीप हुनेलाई त अवसर छँदैछ, सीप विकास गर्छु भन्नेले पनि समर्पित भएर लाग्ने हो भने यो क्षेत्रमा राम्रो अवसर छ’, उनले भने । आचार्यको अनुभवमा सबै रोजगारदाता र क्षेत्रमा अनुभवी मात्र खोज्ने भन्ने हुँदैन, बजारमा माग भएका सीप सिक्ने हो भने सीप भएकै आधारमा पनि राम्रा अवसर सजिलै पाउन सकिन्छ।

आईटीमा करिअर बनाउन सहयोग गर्न जुटे नेपाली

अस्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीलाई कालो पाइन्ट र जुत्ता लिएर आउनु रेस्टुरेन्टमा ‘किचन’मा अनि ‘क्लिनिङ’को क्षेत्रमा काम गर्दा काम लाग्छ भन्ने सुझाव दिने परिपाटी बदल्न सिड्नीका युवाहरू लागिरहेका छन्। उनीहरूले अस्ट्रेलियाको आईटीमा उपलब्ध अवसरहरू सम्म नेपाली विद्यार्थीलाई पुर्याउने र त्यस्ता अवसरबाट लाभ उठाउन सहयोग गर्नको लागि ‘आईटी हब’ समेत सञ्चालन गरेका छन्।

अस्ट्रेलियामा सफ्टवेयरको क्षेत्रमा काम गर्ने मात्र होइन, नयाँ विद्यार्थी तथा यो क्षेत्रमा जागिर करिअर खोज्नेहरूलाई सहयोग गर्न ‘आईटी हब’ले करिअर सेमिनार र मिटअप गरिरहेको छ। आईटी हबका संयोजक मदनमणि अधिकारी भन्छन्, ‘हामीले अस्ट्रेलियाको सफ्टवेयर र आईटी उद्योगको मागअनुसारको सीप भएका नेपालीहरूलाई सीपअनुसारको जागिर पाउन सहयोग गर्न खोजेका हौं।’

धेरै नेपाली विद्यार्थीहरू अष्ट्रेलियामा नेपाल वा अस्ट्रेलियामा पढेर हासिल गरेको डिग्रीअनुसारको काम नपाएर श्रमिक तहको काम गर्नुपर्ने अवस्थामा छन् भन्ने गरिन्छ। अधिकारी भन्छन्, ‘त्यसखालको हल्ला धेरै भए पनि अवस्था परिवर्तन भईरहेको छ, अहिले धेरै विद्यार्थीहरूले प्रोग्रामिङ र सफ्टवेयरको क्षेत्रमा राम्रो उपलब्धि हासिल गरिरहेका छन्, सफ्टवेयर इन्जिनियरका रूपमा काम गरेर छोटो र छिटो प्रगति गरेका, जागिरको कारण नै अस्ट्रेलियामा पीआर पाएका धेरैजना मैले नै भेटेको छु। ठूला कम्पनीहरूको आईटी विभाग नै नेपालीले सम्हालेको उदाहरण धेरै छ।’

विश्वभर जसरी भारतीयहरू आईटीको क्षेत्रमा नेतृत्व दिने स्थितिमा छन्। नेपालीहरूले पनि सीप विकास गर्ने हो भने त्यो अवस्था नेपाली समाजको पनि हुनसक्छ भनेर सिड्नीमा नियमित ‘करिअर हब’ले ‘करिअर कार्यशाला’का रूपमा ‘मिटअप’ आयोजना गर्दै आएको छ,’ उनी भन्छन्।

अस्ट्रेलियालाई ४२ हजार नयाँ सफ्टवेयर प्रोग्रामर चाहिने

भविष्यमा अस्ट्रेलियामा सफ्टवेयर प्रोग्रामरको माग धेरै हुने यहाँको स्किल कमिसनले जनाएको छ। स्किल कमिसनका अनुसार आगामी चार वर्षमा अस्ट्रेलियालाई ४२ हजारभन्दा बढी सफ्टवेयर प्रोग्रामरको आवश्यकता पर्नेछ। अस्ट्रेलियालाई सन् २०२६ सम्ममा थप १२ लाख कामदारको आवश्यकता पर्ने बताइएको छ। स्किल कमिसनले अस्ट्रेलियाको रोजगारी, पेसा तथा विभिन्न उद्योगहरूको कामदार र सीप आवश्यकताको अध्ययन गरेर वर्तमान र भविष्यका सीप आवश्यकतासम्बन्धी सुझाव दिने गर्दछ।

२०२१ नोभेम्बरमा अस्ट्रेलियामा एक लाख ५६ हजार दुई सय सफ्टवेयर इन्जिनियर तथा डेभलोपर प्रोग्रामर थिए । २०२६ नोभेम्बरमा त्यो संख्या एक लाख ९८ हजार चार सय हुने अनुमान छ। सफ्टवेयर इन्जिनियर तथा डेभेलोपर प्रोग्रामरका लागि रोजगारीको अवसरमा २७ प्रतिशले वृद्धि हुने देखिन्छ। न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?