१८ साउन, काठमाडाैँ । ई–पासपोर्टको अनलाइन आवेदन दिन सकिने भएको छ। राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन ११ बजेदेखि खुला गरेको हो।
राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आजदेखि ११ बजेबाट नै खुलाएको हो।
विभागले सोमबार सूचना जारी गरी आजदेखि ११ बजेबाट ई–पासपोर्टको अनलाइन आवेदन दिन सकिने जानकारी दिएको थियो। विभागले हाल दुई हजार चार सय जनाकाे प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।
प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्नुपर्ने व्यवस्था छ।