१८ साउन, एजेन्सी। टोकियो नजिकैको सडकमा खाना र पेय पदार्थ बेच्ने सेल्फ ड्राइभिङ कारको परीक्षण सुरू भएको छ। मानवरहित सेवाले समुदायहरूलाई सुविधा प्रदान गर्दै खुद्रा विक्रेताहरूलाई श्रम अभावको सामना गर्न मद्दत गर्दछ कि भनेर हेर्नु यसको उद्देश्य भएको बताइएको छ।
जापानी इलेक्ट्रोनिक्स फर्म क्योसेराको दूरसञ्चार सेवा सहायक कम्पनीले प्रमुख खुद्रा बिक्रेता एयोन र चिबा सहरसँग यस परियोजनाका लागि सहकार्य गरेको छ।
यो साधनले परीक्षणको सयममा अपार्टमेन्ट (कन्डोमिनियम) र वृद्ध हेरचाह सुविधा जस्ता ठाउँमा यात्रा गर्ने बताइएको छ।
ग्राहकहरूले टचस्क्रिनमा खानेकुराहरू चयन गर्न सक्ने र QR कोड प्रयोग गरेर स्मार्टफोनबाट बिल भुक्तानी गर्न सक्ने बताइएको छ।
विकासकर्ताहरूका प्रवक्ताले धेरै समुदायका मानिसहरूले किनमेल गर्न वा वस्तुहरू डेलिभर गर्न कठिनाइको सामना गर्ने गरेको बताएका छ। उनले यस कारको परीक्षण सफल भएका ठूलो राहत हुने पनि विश्वास व्यक्त गरेका छन्।