१८ साउन, एजेन्सी। साओमीले लगाउन मिल्ने मिजिया ग्लासेस क्यामेरा सार्वजनिक गरेको छ। यस ग्याजेटमा ५० मेगापिक्सल प्राइमरी क्यामेरा र ८ मेगापिक्सल पेरिस्कोप क्यामेरा रहेको छ।
उक्त ग्याजेटले चाँडै भिडियो खिच्नसक्ने बताइएको छ।
मिजिया ग्लासेस क्यामेरामा सोनी माइक्रो ओलेड डिस्प्ले छ जसमा जसमा ३००० निट चमक र आँखा सुरक्षाको लागि TÜV Rheinland प्रमाणीकरण गरिएको छ।
चश्माले एक पटक चार्ज गर्दा १०० मिनेटसम्म लगातार भिडियो रेकर्ड गर्न सक्ने बताइएको छ। उक्त क्यामेरामा १०२० एमएचको ब्याट्री प्रयोग गरिएको छ।
१० वाटको म्याग्नेटिक चार्जिङमार्फत ३० मिनेटमा नै यो क्यामेरामा ८० प्रतिशत चार्ज हुने बताइएको छ।
यस ग्याजेटमा रियल-टाइम साओमी एआइ अंग्रेजी र चिनियाँ बीच टेक्स्ट ट्रान्सलेसनको सुविधा पनि रहेको छ। चीनमा यो चश्माको मूल्य २४९९ युआन अर्थात् ३७० अमेरिकी डरल तोकिएको छ।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        