१८ साउन, एजेन्सी । माइक्रोसफ्टले कम क्षमता भएका एन्ड्रोइड स्मार्टफोनका लागि आउटलुक एपको लाइट संस्करण लन्च गरेको छ। यो अब गुगल प्ले स्टोरबाट डाउनलोड गर्न उपलब्ध समेत भएको छ।
कतिपय स्मार्टफोनमा एपले ठीकसँग काम नगरेको गुनासो आएपछि कम्पनीले यसलाई लन्च गरेको हो। गत महिना यसको विकासको संकेत भने पाइएको थियो।
यो आउटलुक लाइट एप छिटो कार्यसम्पादन र कम ब्याट्री प्रयोग गर्ने उद्देश्यले डिजाइन गरिएको हो। त्यसैले हरेक र्याम भएका डिभाइसले पनि यसलाई सपोर्ट गर्ने बताइएको छ।
यस एपको डाउनलोड साइज मात्र ५.२ एमबी छ। डाउनलोड गरेपछि यसले उपकरणमा अत्यन्तै कम स्टोरेछ लिनेछ। माइक्रोसफ्टले यो पनि व्याख्या गर्यो कि यो लाइट संस्करण सबै एन्ड्रोइड उपकरणहरूमा छिटो चलाउनको लागि राम्रोसँग अनुकूलित छ।
हाल कम्पनीले अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, भारत, मेक्सिको, पेरु, साउदी अरब, दक्षिण अफ्रिका, ताइवान, थाइल्याण्ड, टर्की र भेनेजुएला लगायतका केही देशहरूमा यो एप लन्च गरेको छ ।