Trending:

इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष
World News

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१९ साउन, एजेन्सी। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ ।

देशको सरकारी सञ्चार मुख्यालयले नै ह्याकरहरुले मेसिन ह्याक गर्न लागेको चेतावनी आएकाले मतदान प्रभावित हुने भएको जनाएको छ ।

करिब एक लाख ६० हजार टोरी सदस्यका लागि मतपत्रहरू सोमबारदेखि पठाउने कार्यक्रम भएपनि ह्याकरको चेतावनीका कारण ती मतपत्रहरू ढिलोमा अगस्ट ११ सम्ममा पुग्नसक्ने बताइएको छ ।

यसअघि, कन्जरभेटिभ पार्टीका सदस्यहरूलाई पठाइने हुलाकी मतपत्रमा कोड राखि प्रधानमन्त्रीका उम्मेदवार लिज ट्रस र ऋषि सुनकबीच ‘पोस्ट वा अनलाइन’द्वारा चयन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

मतपत्र ह्याक भएको भन्ने सूचनापछि नेशनल साइबर सेक्युरिटी सेन्टरको सल्लाहअनुसार मतदानको पूर्व योजना परिवर्तन गरिएको छ ।

मंगलबार साँझ एउटा इमेललाई सङ्केत गर्दै बेलायतस्थित एक सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गरी लेखेको छ, “तपाईंको मतपत्र अहिले बाटोमा छ, तर यो हामीले सुरुमा भनेभन्दा अलिपछि तपाईँसँग आउनेछ ।

समाचारमा अधिकारीलाई उद्धृत गरि भनिएको छ, “कृपया चिन्ता नगर्नुहोस् । यसो हुनुको कारण के हो भने, हामीले हाम्रो मतपत्र प्रक्रियामा केही थप सुरक्षा प्रावधान थप्न केही समय लिएका छौं, जसले हामीलाई केही ढिला बनाएको छ ।”

पहिलो अनलाइन मतदान प्रणाली अन्तर्गत, साइबर ह्याकरले प्रतिस्पर्धाको अन्त्यतिर अनलाइनबाट धेरै मतपत्रहरूमा संशोधन गर्नसक्ने, साथै, मतपत्रमा देखिने कोड भएमा हुलाकबाट मतदान गर्ने र आफ्नो मतपत्रको तस्वीर अनलाईनमा राख्ने व्यक्तिको विवरण परिवर्तन गर्न सक्ने सम्भावना थियो ।

परिणाम सेप्टेम्बर ५ मा घोषणा गरिनेछ । स्मार्केट्सका अनुसार, ब्रिटिश विदेश सचिव लिज ट्रसले बोरिस जोन्सनलाई बेलायतको पछिल्लो प्रधानमन्त्रीको रूपमा ९०.९१ प्रतिशतले प्रतिस्थापन गर्ने दौडको नेतृत्व गरिरहेका छन् जबकि ऋषि सुनकको प्रधानमन्त्री हुने सम्भावना ९.०९ प्रतिशत पुगेको छ । पार्टी सदस्यहरूले सुनकले बोरिस जोन्सनलाई पदच्युत गर्ने भूमिका खेलेको विश्वास गरेका कारण सुनकप्रतिको समर्थ कम देखिएको छ ।

ट्रसलाई समर्थन गर्ने र उहाँलाई सरकार निर्माण गर्न सघाउन चाहेका टोरी सदस्यहरूमा ज्याकोब रिज–मोग, नाडिन डोरिस र बोरिस जोन्सन रहेका छन् । अर्कोतर्फ, हालैको यू–गोभ सर्वेक्षणअनुसार सुनकलाई समर्थन गर्ने टोरी सदस्यहरूमा टम टुगेन्हाट, माइकल गोभ, साजिद जाविद र जेरेमी हन्ट रहेका छन् ।

सरकारी अधिकारीहरूको राजीनामाको विवादमा जोन्सनलाई जुलाई ७ मा पदबाट हट्न बाध्य गरिएपछि नेतृत्वका लागि दौड सुरु भएको हो । नयाँ टोरी नेता निर्वाचन जितेर नआउँदासम्म कानुनअनुसार जोन्सनले प्रधानमन्त्रीको पदमा रही जिम्मेवारी सम्हालिरहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?