१२ मंसिर २०७९, सोमबार

Logo

दक्षिण कोरियामा आयातित कार बिक्रीमा १२.२ प्रतिशत कमी



१९ साउन, एजेन्सी। लामो आपूर्ति अभावका कारण दक्षिण कोरियामा आयातित कार बिक्री गत महिना (अगस्ट) मा दोहोरो अंकको गिरावट आएको तथ्याङ्कले बुधबार देखाएको छ ।

कोरिया अटोमोबाइल्स इन्पोर्टर्स एण्ड डिस्ट्रिब्यूटर्स एसोसिएसनका अनुसार यहाँ आयात गरिएका गाडीहरूको संख्या जुलाईमा २१ हजार ४२३ थियो र यो एक वर्ष पहिलेको भन्दा १२.२ प्रतिशतकम हो ।

यस वर्षको पहिलो सात महिनासम्म आयात गरिएका गाडीको घरेलु बिक्री एक लाख ५२ हजार ४३२ रहेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले घटेको हो ।

जर्मनीको बहुराष्ट्रिय कम्पनी बिएमडब्ल्यूले गत महिना पाँच हजार ४९० सवारी साधन बेचेर दक्षिण कोरियामा विदेशी कम्पनीहरूमाझ सबैभन्दा बढी सवारी साधन बेच्ने कम्पनी बनेको छ भने जर्मन कार निर्माता मर्सिडिज बेन्जले दोस्रो धेरै पाँच हजार ४५६ सवारी साधन बिक्री गरेको छ ।

त्यसैगरी अडीले एक हजार ८६५, भोक्सवागनले एक हजार ४१ र भोल्वोले एक हजार १८ सावारी साधन बेचेको छ ।

यहाँ बेचिएको युरोपेली मोडलका सवारी साधनको सङ्ख्या जुलाईमा १७ हजार ३४० थियो र यो कूल विदेशी कारको ८०.९ प्रतिशत हो । अमेरिका र जापानी ब्रान्डले गत महिना क्रमशः १२.२ प्रतिशत र ६.८ प्रतिशतको बजार पाएका देखिएको छ ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन