Trending:

कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक,
इन्टरनेट

नेपालमा मोबाइल पेमेन्ट र फोनपेको लोकप्रियता

नेपालमा मोबाइल पेमेन्ट र फोनपेको लोकप्रियता
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

अहिलेको समयमा फोनबाट एक छिनमा बिजुलीको बिलदेखि स्कुलको फीसम्म तिर्न मिल्ने प्रविधि आएको छ। दिनभरको घाम खाएर लाइनमा बसी बिजुली पानीको बिल तिर्ने दिनहरू अब गए। आज हामी घरमा बसेरै सबै प्रकारका लेनदेन गर्न सक्छौँ। अनलाइन पैसा पठाउन र प्राप्त गर्न, हवाई टिकट किन्न, स्कुल र कलेजको बिल तिर्न, पसलहरूमा बिल तिर्न, मोबाइल रिचार्ज गर्न, , केबल र इन्टरनेटको बिल तिर्नदेखि अनलाइन पत्रिकाहरूको सदस्यता लिन हामी अहिले मोबाइल पेमेन्ट नै प्रयोग गर्छौ।

हामी मोबाइल पेमेन्ट नेटवर्कमा यति निर्भर भयौ कि कहिले काहीँ त मोबाइलमा पैसा हुन्छ तर खल्तीमा राख्न बिर्सिन्छौ। नेपालमा मोबाइल पेमेन्टलाई चर्चामा ल्याउने श्रेय इ-सेवा, फोन पे, आइयमइ पे, खल्ती जस्ता मोबाइल पेमेन्ट नेटवर्कलाई जान्छ। चाहे कुनै किराना पसल होस् या ठुलो कम्पनी, अहिले मोबाइल पेमेन्ट नगर्ने त कुनै ठाउँ बाकि छैन होला।

यति भन्दा भन्दै नेपालमा थुप्रै मोबाइल पेमेन्टका तरिकाहरू छन्।

यी सबैमध्ये अहिले फोन पे नेपालको मोबाइल पेमेन्ट नेटवर्कको मुहार जस्तो बनेको छ।

आखिर किन यस्तो चर्चित र लोकप्रिय छ त फोन पे?

F1Soft Group अन्तर्गत रहेको कम्पनी फोन पेले अहिले नेपालको मोबाइल पेमेन्ट बजारलाई ओगटेको भन्दा गलत नहोला। अहिले फोन पेसँग ६३+ साझेदार, १६+ मिलियन ग्राहक र ७+ लाख व्यापारीहरू जोडिएका छन्। यसको अन्तर्राष्ट्रिय साझेदारमा भिसा र युनियन पे पर्छन् भने नेपालका कृषि, मेघा, ग्लोबल आइयमइ, लक्ष्मी जस्ता २४+ बैङ्क सँगै थुप्रै फाइनान्स कम्पनीहरू पर्दछन्। यससँग ई सेवा, खल्ती, आइयमइ पे, प्रभु पे, जस्ता डिजिटल वालेटहरू पनि जोडिएका छन्।

फोन पेले ग्राहकदेखि व्यापारी सबैको आवश्यकतालाई मध्यनजर गर्दछ। फोन पे अफरले हाम्रो छेउछाउमा भएका अफरहरूलाई देखाउनुको साथै हरेक खरिदमा पोइन्ट दिने गर्छ। त्यो पोइन्ट जम्मा गरेर हामीले अरू सामान र अफर पनि लिन सक्छौ।यसले व्यापारीहरूको लागि छुट्टै फोन पे मर्च्यान्ट बनाएको छ जसमा व्यापारीहरूको हिसाबकिताब सहज र छिटो छरितो बनाउन खोजिएको छ।

त्यसै गरी, अहिले फोन पेले केही बैङ्कहरूसँग मिलेर लोन दिने व्यवस्थासम्म गरेको छ। फोन लोनको मद्दतले बचत खाता भएका वा मासिक रूपमा आम्दानि हुने ग्राहकलाई उनीहरूको कारोबार अनुसार १ लाखसम्मको लोन घरैबाट बैङ्क नगई लिन मिल्ने बनाएको छ।

यसरी फोन पेले नेपाललाई डिजिटल नेपालमा परिणत गर्न धेरै कामहरू गरिरहेको छ। यसले ग्राहकदेखि व्यापारीसम्म सबैलाई पैसाको कारोबारमा सहजता दिने भएकाले यो अहिले एकदमै लोकप्रिय हुन गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?