Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

के हो त Cryptocurrency अनि कस्ता छन् यसका विशेषता?

के हो त Cryptocurrency अनि कस्ता छन् यसका विशेषता?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३१ साउन, एजेन्सी। हामीले पैसा लेनदेन गर्दा प्रायजसो तेस्रो पक्षद्वारा गर्छौ। यसले गर्दा अनावश्यक पैसा, समय र तेस्रो पक्षीयको दखल हुन्छ। यसलाई हटाउनको लागी क्रिप्टोकरेन्सी (Cryptocurrency) बनाइएको हो।

क्रिप्टोकरेन्सी डिजिटल पैसाको एउटा नयाँ प्रकार हो। यो साधारण पैसा जस्तै काम गर्छ तर यसको कुनै भौतिक रूप हुँदैन। क्रिप्टोकरेन्सी इलेक्ट्रोनिक रूपमै मात्र हुन्छ। यसलाई हामी साधारण पैसाजस्तै लेनदेन गर्न सक्छौँ, तर केवल डिजिटल रूपमा। यो प्रयोग गर्न स्मार्टफोन र इन्टरनेट बाहेक अरू केही आवश्यक हुँदैन।

यसले विकेन्द्रीकृत प्रणालीको रूपमा काम गर्छ। क्रिप्टोकरेन्सी आफ्नो लेनदेन सुरक्षित गर्न र नयाँ एकाइको निर्माण ब्लकचेन प्रविधिको प्रयोग गर्छ। क्रिप्टोकरेन्सी बुझ्नु अघि ब्लकचेन कसरी काम गर्छ बुझ्न आवश्यक छ।

कसरी काम गर्छ ब्लक चेन?

क्रिप्टोकरेन्सी यति लोकप्रिय हुनुको मुख्य कारण यसका विशेषताहरू हुन्।

१. विकेन्द्रीकरण 

बैङ्किङ प्रणालीमा हाम्रो लेनदेनको हिसाब र जानकारी केवल बैङ्क र अन्य सरकारी निकायहरूलाई हुन्छ। सबै मुद्राहरू बैङ्कद्वारा नै नियन्त्रित हुन्छन् र हामीलाई दिइने दर यी नियामक निकायहरूले निर्धारण गर्छन्। अर्कोतर्फ, क्रिप्टोकरेन्सीले कुनै पनि अवस्थामा तिनीहरूलाई नियन्त्रण गर्न सक्दैन ।

२. नाम नखुलाउने

बैंकिंग वा डिजिटल मुद्राद्वारा ग्राहकले आफ्नो जानकारी लुकाउन लगभग असम्भव छ। डिजिटल पैसा लेनदेनमा हामीले आफ्नो नाम, नम्बरदेखि फोटो र आफ्नो पहिचान नम्बरहरू राख्नु पर्ने हुन्छ। अर्कोतर्फ, क्रिप्टोकरेन्सी व्यापार गर्नका लागि वालेट खोल्दा तपाईँले कुनै व्यक्तिगत जानकारी दिनु पर्दैन।

हजुरले आफ्नो खाता पहिचान गर्न एउटा व्यक्तिगत कि दिइन्छ जुन कसैलाई दिन हुँदैन। यो हजुरको बैङ्कको पिन नम्बर जस्तै हो। खाता हजुरद्वारा नै चल्दै छ भन्ने कुरा हजुरले राखेको व्यक्तिगतबाट नै थाहा हुने हुँदा, त्यो नै हजुरको पहिचान बन्न जान्छ। त्यसैले यसको लागि कुनै आफ्नो व्यक्तिगत जानकारी दिनु पर्दैन।

३. पारदर्शिता

बैंकिङ्ग प्रणाली वा डिजिटल मुद्रा संरचनाले सरकारी सङ्गठनहरूलाई मात्र लेनदेनको बारेमा जानकारी प्राप्त गर्न अनुमति दिन्छ। तर क्रिप्टोकरेन्सी कारोबार सार्वजनिक रूपमा उपलब्ध छ।

तपाईँले एउटा खाताको पछाडि को छ भनेर पत्ता लगाउन त सक्नुहुन्न तर तपाईँले त्यो खाताको लेनदेन ट्र्याक गर्न सक्नुहुन्छ। यसले गर्दा हामी यो अकाउन्ट ठिक छ भनेर थाहा पाउन बैङ्कमा भर पर्नु पर्दैन। त्यो काम हामी आँफै गर्न सक्छौ।

४. लेनदेन

क्रिप्टोकरेन्सी लेनदेन गर्दा भएका हरेक कारोबारहरू स्वचालित रूपमा ब्लक चेनमा थपिन्छन् र सधैँको लागि अपरिवर्तनीय हुन्छन्। कसैले पनि तपाईँको वालेट रोकेर तपाईँको रकम अर्को खातामा हस्तान्तरण गर्न सक्दैन।

क्रिप्टोकरेन्सीहरूको आदान-प्रदान गर्दा बिचौलियाहरू’नचाहिने भएकोले लेनदेनमा उच्च गति र कम कमिसनहरू हुन्छन्।

५. सुरक्षा

यसमा प्रयोग हुने ब्लक चेन प्रविधिले गर्दा कुनै पनि कारोबार फेरबदल गर्दा हामीलाई थाहा हुन्छ। साथै हाम्रो लेनदेनको डाटा हजारौँ कम्प्युटर बिच हुने हुँदा एउटा डाटा फेरिएपछि अरूबाट आफ्नो डाटा पाइने हुँदा यो एकदम सुरक्षित मानिन्छ।

तपाईँले आफ्नो क्रिप्टोकरेन्सी सुरक्षित स्थानमा राख्नुभयो भने यसलाई फेरबदल गर्न लगभग असम्भव हुन्छ। त्यसको थुप्रै उपायहरू अपनाउन सकिन्छ। ती मध्य सबैभन्दा लोकप्रिय डिजिटल वालेटहरूले हाम्रो व्यक्तिगत किलाई इलेकट्रोनिक पारामा सुरक्षित बनाएर राख्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?