२१ साउन, एजेन्सी। भिडियो शेयरिङ एप युट्युबले नयाँ फिचर परीक्षण गरिरहेको द भर्जमा उल्लेख गरिएको छ। प्रिमियम सब्स्क्राइबरहरूका लागि युट्युबले भिडियो जुम गर्ने फिचर परीक्षण गरिरहेको उल्लेख गरिएको छ।
द भर्जमा उल्लेख भए अनुसार ल्याण्डस्केप र पोट्रेट भिडियोहरूमा नै प्रयोगकर्ताहरूले जुम गर्ने सुविधा लिन सक्नेछन्।
युट्युबले पनि सेप्टेम्बर १ तारिखसम्म यो फिचर परीक्षण हुने बताएको छ। एक महिनासम्म प्रयोगकर्ताहरूबाट प्रतिक्रिया लिने र केही परिस्कृत गरि सार्वजनिक गर्ने बताएको छ।
प्रिमियम सब्स्क्राइबरहरूले ‘try new features’ सेक्सनबाट भिडियो जुम गर्ने सुविधा लिन सक्नेछन्। प्रयोगकर्ताहरूले कुनै पनि भिडियो 8X सम्म जुम गर्न सक्ने द भर्जमा उल्लेख गरिएको छ।
युट्युबले गत महिना आइफोन प्रयोगकर्ताहरूका लागि picture-in-picture mode सार्वजनिक गरेको थियो। अब चाँडै यो फिचर एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि सार्वजनिक गर्ने बताइएको छ।