२२ साउन, एजेन्सी। फोटो तथा भिडियो शेयरिङ प्लेटफर्म इन्स्टाग्रामले विवादस्पद पुनः डिजाइनको काम तत्कालका लागि रोकेता पनि फुल-स्क्रिन कन्टेन्टहरू ल्याउने योजना भने जारी नै राखेको छ।
द भर्जको रिपोर्ट अनुसार इन्स्टाग्रामका सिइओ अदम मोसेरीले अबको एक दुइ हप्तामा नै अल्ट्रा-टल (९ः १६) फोटोको परीक्षण सुरू हुने बताएका छन्। उनले प्रयोगकर्ताहरूको चाहना र उनीहरूको फोटोलाइ समान व्यवहार गर्न यो फिचर परीक्षण गर्ने बताएका हुन्।
अहिले इन्स्टाग्राममा ४ः ५ साइजको फोटोहरूमात्रै पोस्ट गर्न सकिन्छ। तर, अल्ट्रा-टल फिचर ल्याएपछि मोबाइलको स्क्रीनभरीको फोटो इन्स्टाग्राममा पोस्ट गर्न मिल्ने बताइएको छ।
केहि फोटोग्राफरहरूले इन्स्टाग्रामको टिकटक-जस्तो पुन: डिजाइनको आलोचना गरेका द भर्जले रिपोर्ट गरेको छ।
क्याप्सन पढ्न सजिलो होस् भन्ने उद्देश्यका साथ नयाँ फिडले पोष्टहरूको तल ओभरले ग्रेडियन्टहरू पनि थप्ने बताइएको छ।
प्रयोगकर्ताहरूसँग इन्स्टाग्रामको अस्थिर पुन: डिजाइन परीक्षणको क्रममा मोसेरीले पूर्ण-स्क्रिन अनुभव फोटोहरूको लागि आदर्श भन्दा कम भएको एक पटक भन्दा बढी स्वीकार गरे ।