१२ मंसिर २०७९, सोमबार

Logo

वेभसाइटमा अश्लिल भिडियो र फोटो पोस्ट गर्ने म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल



२२ साउन, एजेन्सी। अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ ।

उनीहरूले अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुबै मोडलहरूले ती भिडियोहरू विगत केही महिनाहरूमा एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका विज्ञप्तिमा उल्लेख छ ।

दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानूनअन्तर्गत मुद्दा चलाइएको र उनीहरूलाई पन्ध्र वर्ष जेल सजाय सुनाइएको छ ।

सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ । सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरजनपूर्ण सामाग्रीमा सेन्सर लगाएको छ ।

वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानि पु¥याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ । न्युजकारखाना


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन