२२ साउन, एजेन्सी। चीनले भर्खरै प्रक्षेपण गरेको टेरिस्टेरियल इकोसिस्टम कार्बन मोनिटरिङ स्याटलाइट(उपग्रह)बाट डाटाहरू प्राप्त गरेको छ। चीनका वैज्ञानिकहरूले उक्त स्याटलाइटबाट डेटाहरू प्राप्त भएको जानकारी दिएका छन्।
उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अगस्ट ४ मा लङ मार्च-४बी रकेटमार्फत उपग्रहलाई अन्तरिक्षमा लगिएको थियो।
अगस्ट ४ को रातिदेखि बेइजिङ र सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रका ग्राउन्ड स्टेशनहरूले ३०६ जीबीको कुल आकारको २५ मिनेटसम्म चलेको तीनवटा कार्यहरूमा उपग्रहबाट डाटा प्राप्त गरेको बताएका छन्।
उक्त उपग्रहले चीनको कार्बन शिखर र तटस्थता प्रयासहरूलाई बढावा दिने, घाँसे मैदान र पारिस्थितिक वातावरण जस्ता क्षेत्रमा सेवाहरू दिने उल्लेख गरिएको छ।