२४ साउन, काठमाडाैँ । पछिल्ला केही अफरका विज्ञापन, आफ्नो नाम र लोगो दुरूपयोग भएकोप्रति ध्यानाकर्षण भएको बताएको छ। सोमबार एक विज्ञप्ती जारी गर्दै भ्रमपूर्ण सामग्रीप्रति सचेत रहन अनुरोध पनि गरेको छ।
कम्पनीको प्रतिष्ठा र चर्चाको दुरुपयोग गर्दै विभिन्न फेसबुक पेज र लिङ्कमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्दै भ्रामक सामग्री प्रचार भएपछि कम्पनी यसतर्फ सजग देखिएको हो।
‘त्यस्ता प्रचारसँग सम्बन्धित पेज वा लिङ्कमा क्लिक गरी आफ्ना व्यक्तिगत विवरण नदिन हुन अनुरोध गर्दछौँ। यस्ता अनधिकृत रूपमा सञ्चालित पेज, लिङ्क वा वेबसाइटका भ्रामक प्रचारमा विश्वास गर्दा आफ्ना व्यक्तिगत विवरण चोरी हुने, अकाउन्ट ह्याक हुने जस्ता जोखिम रहन्छन् ।’, एनसेलले विज्ञप्तीमार्फत भनेको छ।
एनसेलले आधिकारिक सुचना कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजमा उपलब्ध गराउँने हुँदा आधिकारिक स्रोतमा मात्रै विश्वास गर्न कम्पनीले अनुरोध पनि गरेको छ।