१२ मंसिर २०७९, सोमबार

Logo

इन्स्टाग्रामको जस्तै फिचर ल्याउने तयारीमा ह्वाट्सएप



२४ साउन, एजेन्सी। चर्चित सामाजिक सञ्जाल ह्वाट्सएपले नयाँ फिचर ल्याउने भएको छ। मेटाको स्वामित्क रहेको यस कम्पनीले इन्स्टाग्रामको जस्तै फिचर ल्याउने भएको हो।

उक्त फिचर स्टाटस रियाक्सन हुने बताइएको छ।

मेटाको स्वामित्व रहेको यस कम्पनीले स्टाटस सेक्सनका लागि थुप्रै फिचरहरू परीक्षण गरिरहेको छ। ह्वाट्सएपको बेटा भर्सनमा परीक्षण भइरहेको नयाँ फिचरले स्टाटस रिप्लाइमा थप सहजता प्रदान गर्ने बताइएको छ।

वेभबेटाइन्फोका अनुसार ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताहरूमाझ यो फिचर परिक्षण गरिरहेको र प्रयोगकर्ताले स्टाटस रियाक्सनका रूपमा इमोजी पठाउन सक्ने बताइएको छ। उक्त स्रोतका अनुसार एन्ड्रोइड २.२२.१७.२४ भर्सनका प्रयोगकर्ताहरूले यो फिचर परीक्षणमा सहभागी हुन पाउनेछन्।

कसैले राखेको ह्वाट्सएप स्टाटसको रिप्लाइ सेक्सनमा गएर प्रयोगकर्ताहरूले इमोजी रियाक्सनको रूपमा पठाउन सक्ने बताइएको छ।

ह्वाट्सएपको नयाँ फिचर इन्स्टाग्राको स्टोरी रियाक्सन फिचरसँग मिल्दोजुल्दो भएको बताइएको छ। ह्वाट्सएप र इन्स्टाग्राम मेटाको नै स्वामित्व रहेका कम्पनीहरू हुन्।

सुरूवाती चरणमा प्रयोगकर्ताहरूले रियाक्सनका रूपमा ८ वटा इमोजी मात्रै पठाउन सक्ने बताइएको छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन