Trending:

‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु टिकटक प्रतिवन्धबिरुद्धको रिटमा आजदेखि सुनुवाई भूकम्प प्रभावित जिल्लामा टेलिकमको नमुना सेवा टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन प्राधिकरणको अनुरोध सामाजिक सञ्जालमार्फत स्वस्तिमा खड्काको आक्रोश
अपडेट

विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड

२४ श्रावण २०७९, मंगलवार १८:०६

२४ साउन, काठमाडाैँ । विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा जिआइजेड-इन्डेभले आज यहाँ आयोजना गरेको नेपालमा विद्युतीय चुलोको प्रवर्द्धनः भूमिका, उत्तरदायित्व, अवसर र अवधारणा विषयक कार्यशालाका सहभागीले मुलुक विस्तारै विद्युतीय

ऊर्जामा आत्मनिर्भर हुन गइरहेको सन्दर्भमा विद्युतीय चुलाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने र यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र र सहयोगी दातृ संस्थाले उपयुक्त नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । कार्यशालामा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले स्वदेशी विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोगसँगै रोप–वेजस्ता प्रविधिहरुको प्रवर्द्धन गर्न सकिएमा आयातीति इन्धनको निर्भरता कम गर्न सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने विश्वास व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा निर्माण गरिएका लघुजलविद्युत् आयोजना, वायोग्यासजस्त प्रविधिको दिगो सञ्चालनबाट स्वच्छ भान्छाको अभियान सफल हुने बताउँदैआम जनतादेखि नीतिनिर्माण गर्ने तहसम्म व्यवहार, प्रविधि र व्यवस्थापनमा नवीनता ल्याउन जरुरत रहेको उल्लेख गरे ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सदस्य कपिल आचार्य, वातावरणविद् भुषण तुलाधर र ऊर्जाविद् डा इन्दिरा शाक्यले पनि नेपालको आर्थिक समृद्धि र जनताका जीवनस्तरमा सुधार ल्याउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुको विकल्प नभएको तर्क गरे ।

कार्यक्रममा अजम्बरी फाउण्डेशनका सुवर्ण कपालीले आयातित ग्यासलाई न्यूनीकरण गरी स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउने उद्देश्यले २०७५ सालदेखि विद्युतीय चुलो राष्ट्रिय अभियानको कार्यान्वयन र यसका सिकाइहरुका बारेमा तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक डा रणबहादुर थापाले विद्युतीय चुलोको कार्यान्वयन र प्रवद्र्धनका लागि सरकारले लिएका रणनीति र योजनाको बारेमा प्रस्तुतिकरण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?