२५ साउन, एजेन्सी। कोलोराडोकी एक आमाले आफ्नी छोरीलाई सात वर्षको उमेरमा सामाजिक सञ्जाल प्लेटफर्ममा फसाएको भन्दै फेसबुकको मालिक कम्पनी मेटा विरूद्ध मुद्दा दर्ता गरेकी छिन्।
मुद्दामा उनले फेसबुकको लतका कारण छोरीलाई खाने विकार र आत्म-हानिको विकास गर्न प्रेरित गरेको उल्लेख गरेकी छन्।
पुएब्लोकी सेसिलिया टेस्चले ७ वर्षकी छोरी फेसबुकको लतमा लागेर खान समते छोडेको र लगातार सूचनाहरूको कारण उनको निद्रा भंग भएको मुद्दामा दाबी गरेकी छिन्। उनकी छोरीले लत र समस्याग्रस्त प्रयोगको कारणले आत्म-हानि गर्न थालेको पनि उल्लेख गरिएको छ।
फेसबुकले साइन अप गर्नका लागि प्रयोगकर्ता १३ वर्ष वा सोभन्दा माथिको हुनुपर्ने प्रावधान राखेता पनि साना उमेरका बालबालिकाहरू पनि यसमा फसिरहेका छन्।
बालबालिका र किशोरकिशोरीहरूको उपचार र सुरक्षालाई लिएर सामाजिक सञ्जाल प्लेटफर्महरू आलोचनामा परेको यो पहिलो पटक होइन। यसअघि पनि विभिन्न अदालतमा फेसबुकविरूद्ध मुद्दाहरू परिसकेका छन्। तथापी, यस्ता केसहरूको संख्यामा कुनै कमि देखिएको छैन।
गत महिना मेटाको अर्को सञ्जाल इन्स्टाग्रामविरुद्ध दुई आमाले छोरीहरूलाई एनोरेक्सिया र आत्महत्याको प्रयासमा धकेलिएकोमा मुद्दा दायर गरेका थिए।