Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

लुक्ला विमानस्थलको वेबसाइट ह्याक

लुक्ला विमानस्थलको वेबसाइट ह्याक
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२५ साउन, सोलुखुम्बु। सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा बढीदेखि ह्याकरको नियन्त्रणमा छ। साउन १६ गते विमानस्थलको साइट ह्याक भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वेबसाइटलाई आफ्नो पहुँचमा ल्याउन सकेको छैन। ह्याकरको नियन्त्रणबाट साइट आफ्नो पहुँचमा ल्याउन प्राधिकरणका सूचना प्रविधिसम्बन्धी चार जना कर्मचारी खटिएका छन् तर कहाँबाट कसले नियन्त्रणमा लिएको छ भन्ने पत्ता लाग्न सकेको छैन।

प्राधिकरण स्रोतका अनुसार विमानस्थलको फोटो ग्यालरीमा रहेको फोटोका माध्यमबाट ह्याक गरिएको अनुमान छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ह्याक भएको साइट ह्याकरको पहुँचबाट फुत्काउने प्रयास भइरहेको बताए।

ह्याकरले सरकारी निकायसँग सम्बन्धित डाटाबेस तथा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्न थालेपछि प्राधिकरणले नियामक निकायसहित मुख्य विमानस्थलको सूचना प्रविधिमा सुरक्षा बढाएको दाबी गरेको छ। ह्याकरले सूक्ष्म सुरक्षा कमजोरी पत्ता लगाएर देश विदेशबाट बढी खोजी गरिने यस विमानस्थलको सिस्टममा प्रवेश गरेको छ। सरकारी डोमेनमा दर्ता भएका वेबसाइटमा ह्याकरले सहजै पहुँच पु-याएर साइबर आक्रमण गर्न थालेपछि प्राधिकरणले साना विमानस्थलका लागि छुट्टै डोमेन प्रयोगमा ल्याए पनि सबडोमेनमा समेत आक्रमण भएको देखिन्छ।

प्राधिकरणका सूचना प्रविधि प्रबन्धक विष्णु गौतमका अनुसार लुक्ला विमानस्थलको साइटको कोड रिभ्यु गर्ने काम जारी छ। ह्याकरले सिस्टममा कुनै कोड राखे नराखेकोबारे सूक्ष्म चेकजाँच भइरहेकाले साइट खुल्न समय लागेको उहाँले बताउनुभयो। मेन डोमेनमा आक्रमण नभएको र वेबसाइटमा जानकारीका लागि राखिएका सूचना मात्रै परिवर्तन भएकाले साइट पुनः सञ्चालनमा ल्याउने काम भइरहेको उनको भनाइ छ।

दुई वर्षअघि भारतीय ह्याकरले प्राधिकरणको वेबसाइट ह्याक गरेका थिए। उक्त समयमा प्राधिकरणको वेबसाइट ह्याक गर्दै भारतको झन्डा प्रयोग भए पनि अहिले ह्याकरले आफ्नो कुनै पहिचान खुलाएको छैन। ह्याकरको समूहले नेपालका सरकारी तथा सार्वजनिक निकायका महत्त्वपूर्ण वेबसाइट ह्याक गर्ने क्रम यसअघि पनि देखिएको थियो। सेयर गरिएको होस्टिङ, पुरानो फ्रेमवर्क, अपडेट नभएका प्लगिङ र समय–समयमा सुरक्षासम्बन्धी समीक्षा नहुँदा सरकारी वेबसाइट ह्याक हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?