Trending:

गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी एमएडब्लु वृद्धिले सुरु गर्‍यो भक्तपुरमा दिपलको नयाँ सोरुम एनभिडियाले एप्पललाई पछि पार्दै विश्वकै महँगो कम्पनीको स्थानमा कब्जा जमायो
अपडेट

कलेज विद्यार्थीको लागि कलेज आइडिया हन्ट २०२२

कलेज विद्यार्थीको लागि कलेज आइडिया हन्ट २०२२
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

तपाईँ अहिले कलेज पढ्दै हुनुहुन्छ तर दिमागमा केही स्टार्टअपको आइडिया फुरिरहेको छ? यदि त्यस्तो हो भने यो तपाईँको लागी सही मौका हो। आइडिया स्टुडियोद्वारा सञ्चालित कलेज आइडिया हन्टमा कलेजमा अध्ययनरत विद्यार्थीहरू जसको आइडियाले समाज र वातावरणमा सबैभन्दा बढी प्रभाव पार्छ, त्यसलाई प्राथमिकता दिने भनेको छ।

यसको मुख्य उद्देश्य रचनात्मक युवा दिमागलाई नवीन र दिगो “ग्रीनोभेशन” समाधानहरूको माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्न बाहिर ल्याउनु हो। यसमा आवेदन दिनका लागि कुनै शुल्क लाग्दैन। त्यसैमाथि विद्यार्थीहरूले आफ्नो स्टार्टअप सबैको अगाडि राखेर त्यसबारे मार्गदर्शन पाउनुको साथै अनुभवी टिमबाट इन्क्युबेशन, मेन्टरशिप र नेटवर्किङ सिक्ने मौका पाउँछन्।

कलेज आइडिया हन्टको फाइनल इभेन्ट ‘आइ ह्याभ एन आइडिया’ मा नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरू लगायत व्यापक श्रोतामाझ विद्यार्थीहरूले विचार प्रस्तुत गर्ने अवसर प्राप्त गर्दछन्। त्यसमध्येका उत्कृष्ट ३ विजेताले रु १,००,००० नगद पुरस्कार प्राप्त गर्नुका साथै त्यसपछिको यात्रामा पनि निरन्तर मेन्टरसिप सपोर्ट प्राप्त गर्नेछन् ।

त्यसका साथै विजेताहरूले राष्ट्रिय स्तरको इन्क्युबेसन कार्यक्रम र आइडिया स्टुडियोको आफ्नै बिजनेस रियालिटी टेलिभिजन शो मा प्रत्यक्ष प्रवेश पनि प्राप्त गर्नेछन्। यस्ता धेरै फाइदाहरू यसबाट पाउने हुँदा तपाईँ यदि स्टार्टअपमा कुनै आइडिया सोच्दै हुनुहुन्छ भने यसमा आवेदन दिँदा धेरै सिक्ने मौका पाउनु हुनेछ।

यसमा आवेदन फर्म भर्दा चाहिने आवश्यकताहरू :

१. तपाईँ हाल नेपालमा स्नातक वा स्नातकोत्तर अध्ययन गरिरहेको हुनु पर्ने हुन्छ। विद्यार्थीले नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको हुनुपर्नेछ।

२. तपाइले आफ्नो नवीन आइडिया प्रस्तुत गर्नु पर्ने हुन्छ। ग्रीनोवेशन / सामाजिक नवीनता / प्रभाव विचारसँग सम्बन्धित विचारलाई विशेष प्राथमिकता दिनेछ।

३. यो आवेदन भर्ने अन्तिम मिति २०७९ भाद्र १९ गते सम्म मात्र हुनेछ। त्यसभन्दा पछि पठाइएका आवेदनलाई हेरिने छैन।

४. आवेदन सँगै आवेदकले एउटा २ मिनेट भिडियो बनाएर पठाउनु पर्ने हुन्छ। यसमा चाहिँ तपाइले आफ्नो व्यापार विचारलाई मजाले बुझाउनुको साथै यस विचारले कस्तो समस्यालाई समाधान गर्छ भन्नु पर्ने हुन्छ। तपाइको व्यापार विचारको मुख्य ग्राहक को हुनेछन् अनि तपाइले पाउने रकमबाट आफ्नो विचारमा कस्तो प्रभाव पार्न सक्नुहुन्छ भनी भन्नु पर्ने हुन्छ।

यसबाट चुनिएका १० टिमले रचनात्मकता, आलोचनात्मक सोच, आत्मज्ञान, सञ्चार, प्रस्तुति, सहकार्य र टिम वर्क सिक्ने मौका पाउँछन्। यहाँबाट सिकिएका ज्ञानलाई लिएर १० टिमले नै “आइ ह्याभ एन आइडिया” मा आफ्नो विचार प्रस्तुत गर्नु पर्ने हुन्छ। त्यसपश्चात् ३ टिमले रु. १,००,००० नगद आफ्नो विचारलाई रूप दिन पाउने छन्।

त्यसका साथै ३ विजेता टिमले आइडिया स्टुडियोको आफ्नो टिभी कार्यक्रम “सोचदेखि उद्योगसम्म ” मा सिधा प्रवेश पाउँछन्।

यसमा आवेदन भर्नको लागि आइडिया स्टुडियोको पेजमा गएर आवश्यक जानकारी भर्नु पर्ने हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?