Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
इन्टरनेट

के हो VPN? किन पर्छ यसको आवश्यकता?

के हो VPN? किन पर्छ यसको आवश्यकता?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

तपाइ कुनै पार्क, मार्ट, होटेल वा सार्वजनिक स्थलमा हुँदा कहिले काहीँ सार्वजनिक इन्टरनेट भेटिन्छ। अनि तपाईँ हुत्तिएर त्यो वाई फाई जोड्नु हुन्छ। तर के तपाईँलाई थाहा छ, यो गर्नु हाम्रो डाटा र डिजिटल सुरक्षाको लागि ठिक होइन। तपाइले अनजानमै सार्वजनिक वाइफाईबाट पैसा लेनदेन गर्नु हुन्छ भने त्यो जस्तो खतरा अरू केही हुँदैन। कसरी सुरक्षित राख्न सकिन्छ त हाम्रो निजी डाटा?

यो समस्याको समाधान गर्न भर्चुअल निजी नेटवर्क (VPN) आउँछ। यसले तपाईँलाई सार्वजनिक इन्टरनेट जडानबाट निजी नेटवर्क सिर्जना गरेर अनलाइन गोपनीयता प्रदान गर्दछ। भीपीएनले तपाईँको IP ठेगाना ढाक्छ जसले गर्दा तपाईँको अनलाइन कार्यहरू ह्याकरले पत्ता लगाउन सक्दैनन्। त्यसै माथि भीपीएन सेवाले सुरक्षित र एन्क्रिप्टेड जडानहरू स्थापना गर्दछ जसले गर्दा ह्याकरले हाम्रो कुनै पनि क्रियाकलाप हेर्न सक्दैनन्।

भर्चुअल प्राइभेट नेटवर्क (VPN) एउटा प्रमुख गोपनीयता बनाइराख्ने प्रविधि हो जुन तपाईँले सार्वजनिक स्थान जस्तै पसल, होटेल वा कुनै अन्य स्थानबाट इन्टरनेटमा लग इन गर्दा प्रयोग गर्नु पर्दछ। त्यसले गर्दा नि: शुल्क सार्वजनिक वाई-फाई मा पनि हामीले सुरक्षा प्राप्त गर्दछौ।

कसरी काम गर्छ त VPN?

भीपीएनले एक प्रकारको टनेल सिर्जना गर्दछ। यो टनेलमा तपाईँले क्लिक गर्नुभएको लिङ्कहरू वा तपाईँले डाउनलोड गर्नुभएको फाइलहरू हुन्छन्। यसले तपाईँ रहेको ठाउँभन्दा बेग्लै ठाउँको IP ठेगाना दिन्छ।

भीपीएनहरूले अनिवार्य रूपमा तपाईँको स्थानीय नेटवर्क र अर्को स्थानको नेटवर्क बिचमा डाटा टनेल बनाउँछ। यो दुरी हजारौँ माइलको हुन सक्छ, जसले गर्दा तपाईँ अर्को ठाउँमा हुनुहुन्छ जस्तो देखिन जान्छ।

त्यसका माथि तपाइको डाटालाई एन्क्रिप्टेड गराएर यसले तपाईँको अनलाइन गतिविधि नबुझिने बनाइदिन्छ। साइबर अपराधीहरू, व्यवसायहरू, सरकारी एजेन्सीहरू, वा अन्य जासुसहरूले यस कारण तपाइको डाटा र क्रियाकलाप देख्न सक्दैनन्।

VPN प्रयोग गर्नुका कारणहरू :

असुरक्षित वेब सर्फिंग वा असुरक्षित वाई-फाई नेटवर्कमा लेनदेन गर्नुको अर्थ तपाईँ आफ्नो निजी जानकारी र ब्राउजिंग बानीहरू सजिलै अरूको हातमा दिँदै हुनुहुन्छ। यसैले सबै डाटाको अनलाइन सुरक्षा र गोपनीयताको लागि VPN एकदमै आवश्यक छ।

होटेलको लबीमा आफ्नो अनलाइन बैङ्क खातामा लग इन गर्दा धेरै खतरा हुन्छ। भीपीएनहरूले अनलाइनमा तपाईँको डेटा इन्क्रिप्ट गर्दछ जसले हाम्रो निजी जानकारी कसैको हात पर्दैन।

VPN को अर्को राम्रो उपयोग यो हो कि यदि तपाईँ आफ्नो देशभन्दा फरक भौगोलिक स्थानमा हुनुहुन्छ भने तपाइले आफ्नो नेटफ्लिक्समा अमेरिकाको सो हेर्न आफ्नो VPN फेर्दा हुन्छ। यसले गर्दा हामी युके बसे पनि इन्डियाको सोहरू हेर्न पाउँछौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?