Trending:

विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी
अपडेट

प्रसारण पूर्वाधारमा प्राधिकरणको प्रगति

प्रसारण पूर्वाधारमा प्राधिकरणको प्रगति
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२७ साउन, काठमाडाैँ । विद्युत् वितरण तथा प्रसारणका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल सात सय ५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरेको छ । प्रसारण लाइन तथा वितरण लाइन निर्माणमा रणनीतिक रुपमा अगाडि बढिरहेको प्राधिकरणले आफ्नो लक्ष्यअनुसार नै काम भएको जनाएको छ ।

ग्रीड सवस्टेशनको क्षमता सात सय चार एमभिए बराबर थपिएको छ । प्रसारण लाइनको रुट परिवर्तनको माग, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृति प्रक्रियामा भएको ढिलाइ, विकट भौगोलिक अवस्था जस्ता कारणले जीर्ण बनेको सोलु करिडोर १३२ केभी क्षमताको ९० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ ।

अरुण र तमोर नदी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न नेपालको हालसम्मको सबभन्दा लामो दूरीको कोसी करिडोर दुई सय २० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। सो प्रसारण लाइनबाट तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणको भनाइ छ ।

सो आवमा मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन मस्र्याङ्दी–काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौँको मातातीर्थसम्मको कूल ८२ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई हाल एक सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पनि सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि जीर्ण बनेको भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइन अधिकांश भाग निर्माण सम्पन्न भई सञ्चालन भएको छ । रुपन्देही भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १८ किलोमिटर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ ।

मैनहिया सवस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सवस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सवस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि भारतसँगको विद्युत् व्यापारका लागि थप प्रसारण सञ्जाल तयार हुनेछ ।

आव २०६५÷६६ मा सुरु भई विभिन्न समस्या झेल्दै जीर्ण बनेको ४० किलोमिटर लामो सिंगटी–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । कुसाहा–विराटनगर एक सय ३२ केभी, इनरुवा–विराटनगर एक सय ३२ केभी, ढल्केवार–बाँणगंगा एक सय ३२ केभी, खिम्ती–गज्र्याङ एक सय ३२ केभी र खिम्ती–बाह्रविसे– लप्सीफेदी चार सय केभी निर्माण सम्पन्न हुनेक्रममा छ । त्यस्तै बलेफि–बाह्रबिसे करिडोर एक सय ३२ केभी, चिलिमे–त्रिशूली दुई सय २० केभी, मस्र्याङ्दी करिडोर दुई २० केभी, कालिगण्डकी करिडोर दुई सय २० केभी, दोर्दी करिडोर एक सय ३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने क्रममा छ ।

लेखनाथ–दमौली दुई सय २० केभी, डाँडाखेत–राहुघाट एक सय ३२ केभी, हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी, वर्दघाट– न्यू बुटवल दुई सय २० केभी, बर्दघाट–सार्दी ह्वाङ्सी एक सय ३२ केभी, मोतिपुर–गुल्मी–अर्घाखाँची एक सय ३२ केभी, कोहलपुर– नेपालगन्ज एक सय ३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख एक सय ३२ केभी, चमेलिया–स्याउले–अत्तेरिया एक सय ३२ केभी दोस्रो सर्किट प्रसारण लाइन लगायतका आयोजना निर्माणको विभिन्न चरणमा छन् । अधिकांश आयोजना आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेछन् ।

विद्युत् प्रसारणलाई अझ विस्तारित र भरपर्दो बनाउन थप आयोजनाको अध्ययन भइरहेको छ । न्यू बुटवल–लकही–कोहलपुर–न्यू अत्तरिया चार सय ४० केभी, अरुण हब–तिंला हब–लिखु हब–न्यू खिम्ती–सुनकोशी हब–ढल्केबर चार सय केभी, बुढीगण्डकी करिडोर चार सय केभी, दमौली–कुश्मा–बुर्तिबाङ–बाफिकोट चारसय केभी, तुम्लिङटार–सितलपाटी दुई सय २० केभी, त्रिशूली–३ बी हब–रातमाटे दुई सय २० केभी, दैलेख–कालिकोटकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेको प्राधिकरणको भनाइ छ ।

बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन कार्यान्वयनको चरणमा पुगेको छ । इनरुवा–पूर्णिया र लम्की–बरेली चार सय केभी प्रसारण लाइन तथा कोहलपुरदेखि उत्तरप्रदेशको नानपारा जोड्ने एक सय ३२ केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन पूरा भएको छ । यी पूर्वाधार बनेपछि नेपालमा खपत भई बाँकी विद्युत् भारतीय बजारमा बिक्री गर्न थप सहज हुनेछ । नेपाल र चीनबीच विद्युत् प्रसार गर्न रातोमाटे रसुवागडी केरुङ चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणको लागि नेपालतर्फको लाइनको सम्भाव्यता अध्ययन पूरा भएका छ । यो आयोजना कार्यान्वयन गर्न लगानीको ढाँचामा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?