२७ साउन, एजेन्सी। सामसुङले बुधबार साँझ फोल्डेबल फोनको सिरिजहरू सार्वजनिक गरेको छ। सामसुङले ग्यालेक्सि जि फोल्ड ४ र ग्यालेक्सी फ्लिप४ सार्वजनिक गरेको हो।
सामसुङले ग्यालेक्सि जि फोल्ड ४ र ग्यालेक्सी फ्लिप४मा उत्पादकता, अनुकूलन र लचिलोपनमा केन्द्रित भएर अघिल्ला मोडलहरूमा सुधारहरू गरेको बताइएको छ।
फ्लिप४को क्यामेरा र ठूलो ब्याट्री सुधार देखिएको छ भने फोल्ड ४को डिस्प्ले र मल्टिटास्किङ फिचरमा सुधार गरिएको छ।
सामसुङले फोल्ड ४ अहिलेसम्मको सबैभन्दा शक्तिशाली स्मार्टफोन भएको दाबी गरिरहेको छ। यो फोन स्नापड्र्यागन प्रोसेसरमा चल्नेछ। फोल्ड ४ ले एन्ड्रोइडको विशेष भर्सन चलाउँछ जुन गुगलद्वारा विशेष गरी ठूला-स्क्रिन भएका फोनहरूका लागि निर्माण गरिएको थियो।
ग्यालेक्सी फ्लिप४ अहिलेसम्म कै सबैभन्दा नवीन र स्मार्ट डिभाइस भएको कम्पनीको दाबी छ।
ग्यालेक्सी फ्लिप४ १४९९ डलरदेखि सुरू हुने र फोल्ड ४ २४९९ डलरदेखि खरिद गर्न सकिने बताइएको छ।