२७ साउन, एजेन्सी। गुगललाई अष्ट्रेलियामा ६० मिलियन (करोड) डलर जरिवाना तिराइएको छ। जनवरी २०१७ र डिसेम्बर २०१८ को बीचमा एन्ड्रोइड फोनमा आफ्नो व्यक्तिगत स्थानको डाटा संकलन र प्रयोगको बारेमा केही उपभोक्ताहरूलाई भ्रममा पारेको भन्दै गुगलमाथि उक्त जरिबाना तोकिएको हो।
अष्ट्रेलियाको उपभोक्ता संरक्षक अष्ट्रेलियन कम्पिटिशन एण्ड कन्ज्युमर कमिसन (एसिसिसि)ले गत वर्ष गुगल विरूद्ध संघिय अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा १३ लाख अष्ट्रेलियन नागरिकहरू प्रभावित भएको उल्लेख गरिएको थियो।
छानबिनका क्रममा गुगलले व्यक्तिगत पहिचान गर्न मिल्नेगरी प्रयोगकर्ताहरूको लोकेसन हिस्ट्री राखेको पाइएको छ। त्यस्तै, वेभ एण्ड याक्टिभिटी सेटिङ मार्फत पनि व्यक्तिगत विवरण संकलन गरेको पाइएको छ।
सन् २०१८ मा गुगलले यो विषय अन्त्य गरेको बताइएको छ।
एसिसिसि र गुगलका प्रतिनिधिहरूले संयुक्त रूपमा ६० करोड डलर तिर्ने सहमति भएको बताइएको छ। एसिसिसिकी अध्यक्ष जिना क्यास गोटेलिबले यस्तो संवेदनशील जानकारीसँग सम्झौताको लागि ठूलो जरिवाना उपयुक्त भएको बताइन्।
संघीय अदालतले गुगललाई नीति तथा शर्त प्रतिबद्धता सुनिश्चित गर्न र अष्ट्रेलियाली उपभोक्ता कानून बारे कर्मचारीहरूलाई प्रशिक्षण दिन आफ्ना नीतिहरू समायोजन गर्न पनि आदेश दिएको छ।
लोकेसन डेटाबारे सन्देशहरू तयार गर्न कुनै भूमिका नभएको भन्दै गुगल अष्ट्रेलियालाई छुट्टै जरिवानाबाट भने बचाइएको छ।