Trending:

टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
अपडेट

चिकित्सकलाई सामाजिक सञ्जालमा नियन्त्रण, आठबुँदे आचारसंहिता जारी

चिकित्सकलाई सामाजिक सञ्जालमा नियन्त्रण, आठबुँदे आचारसंहिता जारी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२८ साउन, काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो आचारसंहिता जारी गरेको हो ।

काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले चिकित्सकका लागि आठबुँदे आचारसंहिता जारी गरिएको जानकारी दिँदै भने, “पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले चिकित्सकलाई आचारसंहिताबाट अनिवार्य रूपमा बाँध्नुपर्ने देखियो ।”

उनका अनुसार चिकित्सकले सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राख्नुपर्ने अवस्था आएमा काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लिखित उपाधि मात्र लेख्न पाउने व्यवस्था गरिएको छ । उनले चिकित्सकले सामाजिक सञ्जालमा कुनै पनि विषय प्रस्तुत गर्दा समस्या हुने भएकाले यस्तो प्रवृत्ति रोक्न आचारसंहिता जारी गरिएको बताए ।

काउन्सिलको सार्वजनिक सूचनामा पनि कतिपय चिकित्सकले भ्रामक टिप्पणी गरेको पाइने गरिएको छ । काउन्सिलले जारी गरेको आचारसंहितामा काउन्सिलमा दर्तावाल चिकित्सकले सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राख्दा तथ्यपरक तथा सान्दर्भिक विषयवस्तु मात्र राख्न पाइने व्यवस्था रहेको छ । पछिल्लो समय विषयविज्ञभन्दा अन्य चिकित्सकले कुनै विषयलाई सामाजिक सञ्जालमा राख्ने र त्यसलाई समाचार बनाएर भाइरल गराउने प्रवृत्ति बढेको छ ।

कोभिड–१९ महामारीमा पनि विषयविज्ञभन्दा अन्य चिकित्सकले कोरोना भाइरसबारे सार्वजनिक रूपमा सामाजिक सञ्जालमा विभिन्न विषय प्रस्तुत गरेका थिए । काउन्सिलका प्रवक्ता डा. अधिकारीका अनुसार चिकित्सकले उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्न पाइने व्यवस्था गरिएको छ । बिरामीसँग सम्बन्धित जानकारी दिनुपर्ने भएमा बिरामी पक्षको मञ्जुरी अनिवार्य लिनुपर्ने तथा सहकर्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न नपाइने आचारसंहितामा रहेको छ । यस्तै गालीगलौज गर्न तथा गालीगलौजसम्बन्धी शब्दले सम्बोधन गर्नसमेत नयाँ आचारसंहिताले निषेध गरेको छ । उनले बिरामीको परिचय खुल्ने गरी कुनै पनि उपचारजन्य भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा राख्न पनि प्रतिबन्धित गरेको जानकारी दिए ।

यस्तै अनलाइन परामर्श तथा सुझाव प्रदान गर्दा कुनै पनि रोगको निदान र उपचार असहज हुने देखिएमा अनिवार्य रूपमा बिरामीलाई भौतिक परीक्षण गरेर मात्र उपचारजन्य सुझाव दिनुपर्नेछ । चिकित्सकले कुनै पनि समस्याका बारेमा अनलाइन छलफल गर्दा आफ्नो धारणा प्रकट गर्न पाइने तर अन्य व्यक्ति र संस्थाको आलोचना गर्दा तथ्यपरक ज्ञान आवश्यक हुनुपर्ने व्यवस्था नयाँ आचारसंहितामा गरिएको छ ।– गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?