२८ साउन, एजेन्सी। स्पेसएक्सले ४६ वटा स्याटलाइट प्रक्षेपण गरेको छ। शुक्रबार स्पेसएक्सले क्यालिफोर्नियाबाट अर्बिटमा स्टारलिंकका ४६ वटा स्याटलाइट प्रक्षेपण गरेको हो।
ती स्याटलाइट फाल्नक ९ रकेटबाट प्रक्षेपण गरिएको हो। शुक्रबार सेन्ट्रल कोस्टमा रहेको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट दिउँसो २:४० बजे प्रक्षेपण गरिएको थियो।
स्याटलाइटलाईरकेटको दोस्रो चरणबाट स्टारलिंक तारामंडलमा सामेल हुनको लागि तैनाथ गरिएको थियो। स्टारलिंक अन्तरिक्षमा आधारित ब्रोडब्यान्ड इन्टरनेट प्रणाली हो।
फाल्कन ९ को पुन: प्रयोग गर्न मिल्ने पहिलो चरण अन्तरिक्षबाट फर्कियो र प्रशान्त महासागरमा रहेको समुद्री ल्यान्डिङ प्लेटफर्ममा सफलतापूर्वक अवतरण गरेको थियो।