२८ साउन, एजेन्सी। अल्फाबेटाको युट्युबले भिडियो स्ट्रिमिङ सेवाहरूको लागि अनलाइन स्टोर सुरु गर्ने योजना बनाएको वालस्ट्रिट जर्नलमा रिपोर्ट गरिएको छ।
शुक्रबार कम्पनीले मनोरञ्जन कम्पनीहरूसँग प्लेटफर्ममा भाग लिने बारे छलफल सुरू गरेको रिपोर्ट गरिएको छ। यसलाई युट्युबले आन्तरिक रूपमा च्यानल स्टोर को रूपमा उल्लेख गरिरहेको बताइएको छ।
युट्युब कम्तिमा १८ महिनाको लागि काममा रहेको र चाँडै उपलब्ध हुन सक्ने बताइएको छ। अल्फाबेटले टिप्पणीको लागि रोयटरको अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएको भने छैन।
अहिले धेरै उपभोक्ताहरूले केबल वा स्याटेलाइट टिभीको तार काटेर सदस्यता-आधारित स्ट्रिमिङ सेवाहरूमा सरिरहेका छन्। यसरी स्ट्रिमिङ बजारमा युट्युब गएको अवस्थामा रोकु इंक र एप्पल जस्ता कम्पनीहरूमा युट्युबको नाम पनि सामेल हुनेछ।
यस हप्ताको सुरुमा न्यूयोर्क टाइम्सले वालमार्ट इंकले आफ्नो सदस्यता सेवामा स्ट्रिमिङ मनोरञ्जन समावेश गर्नेबारे मिडिया कम्पनीहरूसँग वार्ता गरेको उल्लेख गरेको थियो ।