Trending:

रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
अपडेट

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनमा पनि बिचौलियाकै दबदबा

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनमा पनि बिचौलियाकै दबदबा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२९ साउन, काठमाडाैँ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिन सक्ने सङ्ख्यामा वृद्धि गरेको छ। मन्त्रालय मातहतका कार्यालयमा सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेपछि आवेदन दिन सक्ने सङ्ख्यामा (कोटा) वृद्धि गरेको हो। मन्त्रालयले मङ्गलबार साँझबाट लागू हुने गरी आवेदन दिन सक्ने सङ्ख्या वृद्धि गरेको छ।

गत असार २८ गते मन्त्रालय मातहतका पाँच कार्यालयका लागि विभिन्न वर्गका सवारीसाधनको गरी दैनिक दुई हजार ४६० जनाले आवेदन दिन सक्ने व्यवस्था थियो। मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले पछिल्लो समय सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेकाले आवेदन सङ्ख्या बढाइएको बताए। उनका अनुसार शुक्रबारबाट एकै दिनमा तीन हजार ६७५ जनाले आवेदन दिन सक्ने गरी सङ्ख्या बढाइएको छ। आवेदन दिन सक्ने यो सङ्ख्याले १५ दिनसम्म निरन्तरता पाउने र अवस्था हेरेर थपघट हुन सक्ने भन्दै उनले भने, “आवेदन दिन तोकिएकै सङ्ख्यामा एकै दिनमा चालक अनुमतिपत्रका लागि परीक्षण दिन सक्ने व्यवस्था मिलाइएको छ।” अनलाइनमार्फत सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीले आवेदन दिन लाग्दा कोटा छिट्टै सकिने, सर्वर डाउनलगायतका समस्या देखाउँदै आएको थियो।

साथै बिचौलियाले सवारीचालक अनुमतिपत्रका लागि आवेदन भरेर राखी कब्जा गर्ने र पछि नाम ठेगाना परिवर्तन गरी आर्थिक लेनदेन गर्ने गरेको सार्वजनिक हुँदै आएको छ। बिचौलियाले आवेदन भरेर कब्जा गर्न थालेपछि वास्तविक सेवाग्राही आवेदन दिनबाट वञ्चित हुँदै आएका थिए।

सवारीचालक अनुमतिपत्रका लागि आवेदनमा समेत बिचौलियाले आर्थिक लेनदेन गरेर काम गरेको सार्वजनिक भएपछि मन्त्रालयले अब आवेदकबाट प्राप्त सुरु विवरण संशोधन गर्न रोक लगाउने तयारी गरिरहेको जनाएको छ । प्रवक्ता पोखरेलले सेवाग्राहीको अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भएमा अर्को मितिका लागि आवेदन दिन सकिने बताउँदै मन्त्रालयले मातहतका कार्यालयबाट सेवा सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले सेवाग्राहीलाई आवेदन विवरण त्रुटिरहित हुने गरी भर्न आग्रह गर्दै सेवाग्राहीको चाप बढेकाले व्यवस्थापन गर्न अतिरिक्त समयमा कार्यालय सञ्चालन भइरहेको बताए।

अनलाइनमार्फत वर्ग थप वा नयाँ आवेदन यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, एकान्तकुना, ललितपुर, यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, ठूलो भ-याङ, काठमाडौँ, यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, चाबहिल, काठमाडौँ र यातायात व्यवस्था कार्यालय, हेटौँडामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?