३० साउन, एजेन्सी। एप्पलले विश्वव्यापी आर्थिक मन्दीको बावजुद आगामी वर्षमा स्वस्थ आईफोन बिक्रीको आशा गरेको छ। आईफोन १३ जस्तै उक्त कम्पनीले ९ करोड आईफोन १४ बनाउन पार्टनरहरूलाई निर्देशन दिएको हो।
जीएसएम एरेनाका अनुसार गत वर्ष जत्तिकै २२ करोड २० लाख डिभाइसहरू क्म्पनीले २०२२ को अन्त्यसम्म उत्पादन गर्ने अनुमान गरिएको छ।
ब्लूमबर्गले एप्पल आर्थिक कठिनाइहरुको अवस्थामा पनि बाँच्न सक्ने अनुमान रिपोर्ट गरेको छ। तर, अन्य उत्पादकहरूले भने यही समयमा आर्थिक कठिनाइहरु सामना गरेका छन्। दोश्रो त्रैमासिकमा ९ प्रतिशत गुमेको मूल्य यो वर्षको अन्त्यसम्मा ३.५ प्रतिशतले खस्किने अनुमान गरिएको छ।
यो खुलासा पछि ताइवानी आईफोन एसेम्बलर्स पेगाट्रन, जापान डिस्प्ले, टिडिके कर्प र मुराता उत्पादन सबैको शेयर मूल्य बढेको छ।
विश्लेषकहरूका अनुसार हुवावेको हाई-एन्ड ह्यान्डसेटहरूको पतन र एन्ड्रोइड उपकरणहरूको अत्यधिक आपूर्तिले सामान्यतया एप्पलको नयाँ उत्पादन लाइनको लागि माग बढाइरहेको छ।
अधिकांश आईफोनहरू Hon Hai Precision Industry द्वारा एसेम्बल गरिएको छ। जसले “२०२२ मा इलेक्ट्रोनिक्स वस्तुहरूको बिक्रीमा थोरै परिवर्तन देख्नुपर्छभनी दाबी गरेको छ।
अर्को महिना आईफोन १४ सिरिजका चार मोडलहरू घोषणा हुने अनुमान गरिएको छ।
नयाँ क्यामेरा, राम्रो सेल्फी क्यामेरा र फेस आइडीको लागि एक पंच होल डिजाइन साथै नयाँ A16 बायोनिक चिप सहितको आईफोन १४ देख्न सकिने अनुमान गरिएको छ।