२१ मंसिर २०७९, बुधबार

Logo

पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’



३० साउन, काभ्रे। पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ ।

पहिरोका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले स्थानीय तहसँग समन्वय गरेर सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र म्याग्दीका पहिरोको अत्यधिक जोखिम भएका १० स्थानमा पूर्वसूचना दिने उपकरण जडान गरेको हो । मकवानपुरको हेटौँडामा पनि उपकरण राख्ने तयारी छ । समाजका सदस्य गोपीकृष्ण बस्यालले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको कोदारी, तामाङगाउँ, मार्मिङ र चाकुबजारमा यस्तो उपकरण जडान गरिएको जानकारी दिए । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ का बोल्दे, चुखाबेँसी थिलवारमा उपकरण जडान गरिएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका १ र ३ का सुष्पाक्षमावती र चरीकोटमा उपकरण राखिएको छ । म्यादीको अन्नपूर्ण गाउँपालिका २ र ३ को तातोपानी, फागमडाँडा, घट्टेखोला, रुप्से र काभ्रेमा जडान गरिएको सो उपकरणले वर्षाको प्रकृति, माटोको प्रकार तथा माटोमा पानीको प्रतिशतको मापन गर्नेछ ।

जमिनको २० मिटर तलसम्म गाडिएको उपकरणले माटोमा भएको हलचलबारे हरेक १० मिनेटमा कम्प्युटरलाई जानकारी प्रवाह गर्छ । उनले कम्प्युटरसम्म आइपुगेको सूचना सरोकार निकायलाई समयमै जानकारी दिन सके त्यसले क्षति कम गराउन मद्दत गर्ने बताए ।

सेन्सर सञ्चालनका लागि ब्याट्री, सौर्य ऊर्जा, साइरन, रिमोट, प्यानिक बटनजस्ता उपकरण आवश्यक पर्छ । सो प्रविधिमा माटोको चिस्यान मापन उपकरण, माटोमुनिको तापक्रम र आद्र्रता मापन गर्ने ‘सेन्सर’ वर्षा मापन उपकरणलाई पाइपभित्रबाट जमिनमुनि गाडिन्छ । ध्वनि उत्सर्जन ‘सेन्सर’लगायतका सम्पूर्ण गतिविधि सोही ठाउँमा जडान गरिएको तार हुँदै कम्युटरसम्म पुग्छ । सो उपकरणले शृङ्खलाबद्ध रूपमा हुने ससाना माटोका चालले ठूलो विपत्तिबारे पूर्वानुमान गर्न सहयोग गर्छ । समाजका सदस्य बस्यालले माटोको चालमा आउने अस्वाभाविक परिवर्तनलाई अध्ययन गरेर ठूलो विपत्बाट जोगाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।-गोरखापत्र


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार