३० साउन, काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रले भन्सार कार्यालयमा बिग्रिएका गाडीलाई विद्युतीय गाडी बनाउने भएको छ। आविष्कार केन्द्रमा अध्यक्ष महावीर पुनले त्रिभुवन विमानस्थल, भन्सार कार्यालयले उपलब्ध गराएका गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने जानकारी दिएका छन्।
पुनले यसभन्दा अघि आविष्कार केन्द्रबाट यसभन्दा अघि नेपाली सेनाबाट उपलब्ध गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गरिसकेकाे जानकारी समेत दिएका छन् ।
आविष्कार केन्द्रमा भक्तपुर नगरपालिकाले पठाएको मिनी-ब्रुमर मर्मत भइसकेको र काठमाडौँ महानगरपालिकाको पुरानो मर्सिडिज गाडी मर्मत भइरहेको छ।
अध्यक्ष पुनले भर्खरै ईन्जीनियरिङ विषय पास गरेका विद्यार्थीहरूका लागि यो सिक्ने सबैभन्दा सुवर्ण अवसर भएको बताएका छन्।
कोरोना महामारीको समयमा आविष्कार केन्द्रमा ३० वटा भन्दा बढी अस्पतालहरुको ५४ वटा भेन्टिलेटरहरु, ८ वटा डाईलिसिस मेसिन सहित ५०० वटा जति बिभिन्न मेडिकलका सामानहरु मर्मत गरिएको अध्यक्ष पुनले जानकारी दिएका छन्।