३१ साउन, एजेन्सी। साओमीले अगस्ट १२ को दिन Xiaomi मिक्स फोल्ड २ लन्च गर्दै अन्य थुप्रै नयाँ उत्पादनहरूको घोषणा गरेको थियो।
त्यही घोषणाहरू मध्ये अधिकांश घोषणाहरू एकदम ताजा र नवीन थिए। शोको मुख्य आकर्षण भने Xiaomi को पहिलो पूर्ण आकारको ह्युमनोइड रोबोट थियो। त्यसको नाम साइबरवान दिइएको छ। साइबरवन साओमीको रोबोटिक्स ल्याबबाट बनाइएको दोस्रो उत्पादन हो ।
सिइओ लेई जुनका अनुसार साइबरवानको उचाइ १.७७ मिटर र तौल ५२ केजी रहेको छ । ह्युमनोइड साइबरवान 3D स्पेस बुझ्न सक्षम हुन्छ। त्यसका साथै साइबरवान हाउभाउ र अभिव्यक्तिहरू पहिचान गर्न पनि सक्छ।
अझै भन्नु पर्दा यसले ८५ प्रकारका वातावरणीय ध्वनिहरू र मानव भावनाको ४५ वर्गीकरणहरू पहिचान गर्न सक्छ। यसले खुसीसम्म पत्ता लगाउन सक्छ र दुःखको समयमा प्रयोगकर्तालाई सान्त्वना पनि दिन सक्छ भनिएको छ। यी सबै प्रविधिहरू यसको प्रोसेसिंग एकाइहरूमा एकीकृत छन्।
Selfie with #CyberOne.🤳 pic.twitter.com/XwRzbkyoGz
— Lei Jun (@leijun) August 12, 2022
Xiaomi को लन्च शोमा सिइओ लेई जुनलाई साइबरवानले स्वागतको रूपमा फुल दिँदै थोरै बोल्यो। त्यसपश्चात् साइबरवानसँग सिइओ लेई जुनले सेल्फी खिचेर मिक्स फोल्ड २ को प्रचार गरे। साइबरवानको हिँडाइमा अझै सुधार गर्नु परे तापनि यसले सामान्य रूपमा हलचल गर्ने सामर्थ्य राख्दछ।