Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

के हुन् इन्टेल प्रोसेसरमा भएका विशेषताहरु, कस्ता काम गर्नेका लागि यो उपयुक्त ?

३१ श्रावण २०७९, मंगलवार १८:१०

३१ साउन, एजेन्सी। तपाईँले हालसालै नयाँ ल्यापटप किन्न इन्टरनेटमा खोज तलास गर्नु भएको छ भने तपाइले पक्कै पनि राइजेन र इन्टेल बारे सुन्नु भएकै होला। यदि सुन्नु भएको छैन भने पनि सरल भाषामा भन्नु पर्दा तपाइको कम्प्युटर वा ल्यापटपको सिपियुको प्रोसेसर फरक फरक कम्पनीको आउँछ। त्यसमध्ये सबैभन्दा लोकप्रिय इन्टेल हो भने २०१७ देखि राइजेनले इन्टेललाई मजाको टक्कर दिँदै आएको छ। कुनै नयाँ ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू मध्ये सबैभन्दा प्राथमिकता ल्यापटपको प्रोसेसर पनि पर्दछ।

त्यही भएर उपलब्ध प्रोसेसरका आफ्नै फिचर र विशेषता बुझेर आफूलाई जुन मिल्न जान्छ, त्यही खरिद गर्नु पर्दछ। आज हामी इन्टेलका आफ्ना विशेषताहरू बारे चर्चा गर्नेछौँ। यी सबै हेरेर तपाइले के इन्टेल तपाइको लागि ठिक छ त भनेर निर्णय गर्न सक्नु हुनेछ।

इन्टेलको विशेषता

इन्टेलले प्रोसेसरको बजारमा कब्जा गरेको धेरै वर्ष भइसक्यो। यस कारण यसको आफ्नो बजारमा नाम अनि सुविधा अर्कै प्रकारको छ। यसले दशक देखि बनाएको आफ्नो बजारलाई बनाइराख्न सपोर्ट, स्थिरता, अपडेट र कम त्रुटिहरू दिएको छ जुन झ्याप्प नयाँ प्रोसेसरले दिन सक्ने सुविधाहरूमा पर्दैनन्। लामो समयदेखिको मेहनत र ग्राहकको बुझाइ पछि बनेका यी सबैले गर्दा यो पुरानो भएका आफ्नै फाइदाहरू भइदिन्छन्।

यसका मुख्य विशेषताहरूः

पावर खपत

कम्प्युटर वा ल्यापटपमा इन्टेल प्रोसेसरहरूले धेरै बिजुली खपत गर्दैनन्। बजारमा अन्य प्रोसेसरहरू भन्दा कम शक्ति यसले प्रयोग गर्छन्। उदाहरणको रूपमा AMD सिपियुले इन्टेलको सिपियुभन्दा लगभग डबल वा ट्रिपलसम्म प्रयोग पावर खपत गर्दछ।

हिट जेनेरेसन

इन्टेलमा कम वाट् र पावर खपत हुने भएकाले इन्टेल प्रोसेसिंग चिपले कम गर्मी निकाल्छ। ल्यापटप तातिरहने पनि कसैको लागि ठुलो समस्या हुन सक्छ। यदि तपाईँ तातो वातावरणमा काम गर्नु हुन्छ भने इन्टेलको प्रोसेसरले तपाईँलाई सजिलो हुने हुन्छ।

एकीकृत ग्राफिक्स

अहिलेको समयमा तपाइले आफ्नो ल्यापटपबाट पक्कै पनि भिडियो गेम खेल्नु हुनेछ वा प्रोग्राम या डिजाइनिंग सिक्नु हुनेछ। यसको लागि तपाईँलाई ग्राफिक्स कार्ड आवश्यक पर्दछ। धेरै भिडियो गेम उपभोक्ताले इन्टेल रोज्नुको मुख्य कारणमा यसको एकीकृत ग्राफिक्स वा एचडी ग्राफिक्सको साथ बक्सबाहिर आउँछ। यसको अर्थ तपाईँ GPU बिना गेमिंग वा उच्च गुणस्तरको भिडियो स्ट्रिमिङमा सीधै जान सक्नुहुन्छ।

बढी फ्रिक्वेन्सी 

यो कुरा स्पष्ट छ कि इन्टेल आज पनि फ्रिक्वेन्सीको राजा हो, र यस कारण यसले निश्चित वातावरणमा फरक पार्छ। त्यस कारण इन्टेलको प्रोसेसर तिनीहरूको सबैभन्दा ठुलो प्रतिनिधि हुन्। फ्रिक्वेन्सीले प्रोसेसरको गतिलाई सङ्केत गर्दछ। त्यस कारण बढी फ्रिक्वेन्सी भएकोले कामहरू छिटो हुने गर्दछन्।

यसकारण इन्टेलको प्रोसेसर प्राय ठुलो लोड हुने कामहरुको लागि रोजिन्छ। गेमिंगदेखि भिडियो एडिटिङ जस्ता काममा धेरै पावर र स्पिड चाहिने हुदा यदि तपाईलाई पनि त्यस्तै आवश्यकता छ भने इन्टेल तपाइका लागि उपयुक्त हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?