३१ साउन, काठमाडाैँ। भायनेट कम्युनिकेसन लिमिटेडले बारा, सुर्खेत, घोराही र तुलसीपुरमा आफ्नो सेवा र नयाँ शाखा विस्तार गरेको छ । भायनेटको नयाँ शाखा सञ्चालन योजनाबाट सुर्खेत, घोराही र तुलसीपुरका स्थानीय ग्राहकहरू लाभान्वित हुनेछन् ।
ग्राहकहरूले भायनेटको Ultra-Fi, र ViaTV जस्ता योजनाहरूबाट १७५ भन्दा बढी च्यानलहरूका साथै उचित मूल्यमा उच्च गुणस्तरको इन्टरनेटको आनन्द लिन सक्छन् ।
सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तारको उत्सव मनाउन कम्पनीले आफ्नो Ultra-Fi प्याकेजमा चार महिनासम्म निःशुल्क ओपनिङ अफर उपलब्ध गराएको छ ।
ग्राहकहरूले भायटिभिको प्राथमिक सेट-अप-बक्स मात्र नि:शुल्क नभइ इन्टरनेट र वाइफाइ उपकरणहरू पनि सित्तैमा प्रयोग गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध भएको जानकारी दिइएको छ ।
भायनेटको सेवा केन्द्र अहिले सुर्खेतको वीरेन्द्रचोकबाट सञ्चालन भइरहेको छ भने घोराहीको सेवा केन्द्र बीपी चोक क्यापिटल अस्पताल भवनको तेस्रो तल्लामा रहेको छ । त्यस्तै तुलसीपुरमा रहेको सेवा केन्द्र एनआईसी एशिया बैंक, मानपुर रोड नजिकै रहेको छ।
भायनेटले सन् २०१६ मा नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो। यसले नेपालमा पहिलो आईपी टिभी सेवा पनि सुरु गरेको थियो।