१ भदाै, एजेन्सी। तपाइको इन्टरनेट कहिले काही नचलेको बेला कसैले भनेको सुन्नु भएको होला “एक पटक पिङ्ग कति छ हेर न?” अनि धेरै पिङ्ग देखाउदा यो इन्टरनेट काम छैन भनेको नि सुन्नु भएको होला। आखिर के हो त पिङ्ग अनि यसले कसरी इन्टरनेटको स्पिडबारे बताउन सक्छ त? आज हामि यसले कसरि काम गर्छ भनेर बुझ्ने प्रयास गर्छौ।
पिङ (प्याकेट इन्टरनेट ग्रोपर) एउटा यस्तो इन्टरनेट प्रोग्राम हो जसले युजरलाई कुनै गन्तव्यमा आईपी ठेगाना वास्तवमै अवस्थित छ कि छैन भनेर परीक्षण गर्न मदत गर्छ। त्यसका साथै नेटवर्कको प्रतिक्रिया समय पनि जानकारी गराउन सक्दछ। यसले एउटा डाटा एउटा गन्तव्यबाट अर्को गन्तव्य पुग्न लाग्ने समय पनि बताउँछ।
कसरी काम गर्छ त पिङ्गले?
पिङ्ग एउटा कम्प्युटर प्रविधि जस्तै हो जसले हामीलाई हाम्रो नेटवर्कको बारे जानकारी दिन्छ। यसले यो जानकारी पाउनको लागि दुइ गन्तव्य बिच एउटा मार्ग बनाउछ। पहिले यसले कम्प्युटरबाट डाटा पठाउनु पर्ने ठेगानामा चार वटा प्याकेज पठाउछ। यसलाई इको रिक्वेस्ट भनिन्छ। त्यसपछि त्यो गन्तब्यले ती चार वटै प्याकेज फिर्ता पठाउछ। यसलाई इको रिप्लाई रीक्वेस्ट भनिन्छ। ती पठाएका प्याकेजहरु त्यहाँ पुगेर फर्किदाको समयलाई लेटेन्सी भनिन्छ जुन पिङ्गले गणना गर्दछ।
यसरी पिङ्गले हामीलाई कुनै नेटवर्क छिटो छ कि छैन भनि बताउँछ। त्यसका साथै कुनै वेबसाइट छ कि छैन अनि काम गर्छ कि गर्दैन भनेर पनि यसले नै बताउँछ।
कसरी थाहा पाउने त पिङ्ग?
यसका लागि पहिले तपाइँ आफ्नो कम्प्युटरको सर्च बारमा जानुहोस्। त्यहाँ गएर Command Prompt खोज्नु होस्। त्यसपछि एउटा कालो स्क्रिन खुल्छ र केहि लेखिएको हुन्छ। त्यहाँ ping लेखेर स्पेस दिएर आफुले जान खोजेको वेबसाइटको नाम राख्नु होस्।
जस्तै यदि तपाईलाई युटुब कत्तिको छिटो चल्छ भनि हेर्नु छ भने :
ping www.youtube.com
यो लेखे पछि त्यहाँ त्यो वेबसाइटको पिङ्ग देखाउछ।
आखिर पिङ्ग हेर्नु र जान्नु किन आवश्यक छ त?
यदि एक अनलाइन गेम स्ट्रिमरसँग दुई नेटवर्क विकल्पहरू छन्: एउटा पिङ्ग १० ms को साथ् १० mbps एमबीपीएस इन्टरनेट गतिको साथ, र अर्को १०० ms पिङ्ग ५०० एमबीपीएस इन्टरनेट गतिको साथ छ भने गेमरले स्पष्ट रूपमा पहिलो छनौट गर्नेछ। यो किन भने उसले वास्तविक समयमा दर्शकहरूसँग अन्तरक्रिया गर्न चाहन्छ। यसको लागि थोरै पिङ्ग हुनु आवश्यक छ।
अर्को तर्फ भने यदि कुनै व्यक्ति यूट्यूब भिडियोहरू हेर्न र तिनीहरूलाई डाउनलोड गर्न चाहन्छ भने, उसले स्पष्ट रूपमा डाउनलोड प्रक्रियालाई गति दिनको लागि दोस्रो विकल्प चयन गर्नेछ।