१ भदाै, एजेन्सी। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार ट्विट गर्दै आफूले फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने जानकारी दिएका छन्। तर, यसबारे उनले थप जानकारी भने केही दिएका छैनन्।
ट्विटरमार्फत धेरै सवालमा मजाक गर्ने बानी एलन मस्कको छ। सोही कारण उनको पछिल्लो ट्विट मजाक मात्रै भएको पनि अनुमान गरिएको छ।
‘म म्यानचेस्टर युनाइटेड किन्छु स्वागत छ’ उनले ट्विटरमा भनेका छन्। म्यानचेस्टर युनाइटेड अहिले अमेरिकी ग्लेजर परिवारको स्वामित्वमा छ। ग्लेजर परिवारले मस्कको टिप्पणीलाई प्रतिक्रिया दिएका छैनन्।
बेलायती अखबार डेली मिररले गत वर्ष ग्लेजरहरू ४ बिलियन पाउन्ड भन्दा बढी प्रस्ताव भएमा क्लब बेच्न तयार भएको रिपोर्ट गरिएको छ।
मस्क हाल सोसल मिडिया कम्पनी ट्विटर किन्नको लागि ४४ अर्ब डलरको सम्झौताबाट बाहिरिने प्रयास गर्दैछन्। जसले उनलाई अदालतमा लगेको छ।
म्यानचेस्टर युनाइटेड विश्वको उत्कृष्ट समर्थित फुटबल क्लबहरू मध्ये एक हो। उक्त क्लबले कीर्तिमानी २० पटक इंग्लिस च्याम्पियन बनेको छ।
मंगलबारको शेयर बजार बन्द हुँदा फुटबल क्लबको बजार पूँजीकरण २.०८ बिलियन डलर थियो।
म्यानचेस्टर युनाइटेडका फ्यानहरूले हालैका वर्षहरूमा ग्लेजर्सको विरोध गरेका छन्। उक्त परिवारले २००५ मा म्यानचेस्टर युनाइटेड खरिद गरेको थियो।
अहिले क्लबको खस्किँदो प्रदर्शनका कारण ग्लेजर परिवारसँग समर्थकहरू रूष्ट भएका छन्।