१ भदाै, काठमाडाैँ । एप्पलले भर्ती र खर्च सुस्त बनाउने प्रयासमा गत हप्ता लगभग १०० करारमा आधारित भर्तीकर्ताहरूलाई हटाएको ब्लुमबर्गले रिपोर्ट गरेको छ।
कम्पनीमा नयाँ कर्मचारीहरू भर्ती गर्न जिम्मेवार भर्तीकर्ताहरूलाई कटाैतीले एप्पलको व्यापार आवश्यकताहरूमा परिवर्तनहरू प्रतिबिम्बित गर्ने बताइएको थियो।
यद्यपि यो कदम क्यालिफोर्नियामा आधारित टेक कम्पनिका लागि असामान्य भएको बताइएको छ। तर, एप्पलले मात्रै नभइ अरू ठूला कम्पनीहरूले पनि कर्मचारी भर्ति प्रक्रिया सुस्त गरिरहेका छन्। माइक्रोसफ्ट, अमेजन, मेटा, टेस्ला र ओरेकलले भर्खरैका महिनाहरूमा केही विभागहरूमा कर्मचारी कटाैती गरेका छन्।
उनीहरूले संभावित आर्थिक मन्दीको अगाडी खर्च नियन्त्रण गरिरहेको बताइएको छ। एप्पलले कटौतीको बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
कम्पनीले सबै भर्तीकर्ता कम्पनीहरूलाई जान भने दिएको छैन। पूर्ण-समय भर्तीहरूलाई एप्पलले अझै बोर्डमा राखेको छ। खारेज गरिएका कम्पनीहरूले पनि दुई हप्ताको लाभ र भुक्तानी पाउने ब्लुमबर्गको रिपोर्टमा उल्लेख गरिएको छ।