१ भदाै, एजेन्सी। गुगलका कार्यकारीहरूले कर्मचारीहरू कटाैती गर्ने भन्दै चेतावनी दिएका छन्। उनीहरूले अन्तिम त्रैमासिक नतिजाहरू राम्रो नआएमा कर्मचारीहरूलाई कटाैती गर्ने चेतावनी दिएका हुन्।
यसले कर्मचारीमा काम गुम्ने डरले त्रास फैलाएको छ ।
इनसाइडरले राखेको स्क्रिनसटले गुगल क्लाउडको बिक्री नेतृत्वले आफ्ना कर्मचारीहरूलाई सामान्य रूपमा बिक्री उत्पादकता र उत्पादकताको समग्र परीक्षा हुने र अर्को त्रैमासिकको नतिजाले कटाैती गर्ने वा नगर्ने भनि देइएको चेतावनी देखिएको छ।
यो समाचार कम्पनीले जुलाईमा दुई हप्ताको हायरिङ फ्रिजको घोषणा गरेपछि आएको हो। तथापि, कम्पनीले फ्रिजलाई उल्टाउने कुनै संकेत देखाएको छैन।
गुगलका एक कर्मचारीले इनसाइडरलाई भने कि कम्पनीले दुई हप्ताको हायरिङ फ्रिज राखेपछि उनीहरू सम्भावित कटाैतीको बारेमा चिन्तित छन् जुन अझै उल्टाउन बाँकी छ।
गुगलका सीईओ सुन्दर पिचाईले कर्मचारीहरूलाई उत्पादकत्वमा सुधार गर्नुपर्ने बताएका छन्। गुगलको गातार दोस्रो त्रैमासिकमा अपेक्षाभन्दा कमजोर आय रिपोर्ट सार्वजनिक भएपछि कम्पनी चिन्तित भएको बताइएको छ।