Trending:

एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार !
अपडेट

जिपीएसले कसरी सहि स्थान थाहा पाउँछ ?

जिपीएसले कसरी सहि स्थान थाहा पाउँछ ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२ भदाै, काठमाडाैँ । चाहे नयाँ गल्ली खोज्न होस् वा कुनै पसल नै भेट्न होस्, अहिले सबैले म्याप खोलेर आफू कहाँ छु अनि कसरी गन्तव्यमा पुग्ने भनेर हेर्ने गर्दछन्। अहिलेको समयमा म्याप नहेरी हिँड्ने त कोही बाँकि नै नहोलान्। अझ सहरका ठाउँहरू खोतल्न, नयाँ घुम्ने ठाउँमा पुग्न वा हराएको ठाउँबाट मुख्य बजारमा पुग्न सबैतिर जिपिएस त चाहिन्छ नै।

हामीलाई दिनरातको यात्रामा साथ दिने जिपिएसले कसरी काम गर्छ? कसरी यसले हामीलाई हाम्रो ठाउँको सही अवस्था अनि हाम्रो रफ्तारको जानकारी दिन सक्छ?

जिपिएसको मेकानिजम

जिपिएस भएको डिभाइसले वास्तवमा यसको स्थान निर्धारण गर्न स्याटलाइट/उपग्रहहरूलाई सिधै “सम्पर्क” गर्दैन। यसको सट्टा हाम्रो डिभाइसले भने स्याटलाइटले पठाएको रेडियो सङ्केतहरूको लागि सुनिरहेको हुन्छ जुन यी स्याटलाइटहरूबाट सबै समय प्रसारण भइरहेको हुन्छ।

सर्वप्रथम भने यो जिपिएस सिस्टम संयुक्त राज्य अमेरिकाद्वारा सैन्य प्रयोगको लागि सिर्जना गरिएको थियो। तर सन् २००० तिर अन्ततः नागरिक प्रयोगको लागि खोलिएको थियो। युएसएको आफ्नो स्याटलाइट सञ्जालमा कम्तीमा २४ जिपिएस स्याटलाइटहरू सधैँ पृथ्वीको वरिपरि कक्षमा हुन्छन् र उनीहरूले निरन्तर सही लोकेसनको डाटा प्रसारण गरिरहेका हुन्छन्।

त्यहाँका स्याटलाइटलाई कसरी मिलाइन्छ भन्दा पृथ्वीको कुनै पनि बिन्दुबाट आकाशमा चार वटा स्याटलाइट देखिने गरी स्याटलाइटलाई कक्षमा व्यवस्थित गरिएको हुन्छ। कुनै पनि ठाउँको सही स्थान थाहा पाउनको लागि यो हुनु आवश्यक छ। यस्तो नभएमा त्यो ठाउको एकदम सही डाटा निकाल्न अप्ठ्यारो पर्दछ।

जिपिएस स्याटलाइटले निरन्तर रेडियो सिग्नल पृथ्वीतर्फ प्रसारण गरिरहेका हुन्छन्। प्रत्येक प्रसारणमा जिपिएस स्याटलाइटको स्थान र सिग्नल पठाइएको समय समावेश हुन्छ। प्रत्येक स्याटलाइटमा एक एटोमिक/परमाणु घडी हुन्छ। यो प्रकारको घडीमा कुनै पनि प्रकारको ढिलाइ नहुने हुँदा एकदम सटिक समय दिन्छ।

जब हाम्रो जिपिएस डिभाइसले स्याटलाइटबाट आएको सिग्नल लग्छ। त्यस डाटामा स्याटलाइटबाट हामीसम्म पुग्न लागेको समयबारे पनि बताउँछ। यसको मदतले हाम्रो डिभाइसले स्याटलाइट र हामी बिचको दुरी निकाल्छ।

यसरी लगभग चार वटा स्याटलाइटबाट यसरी नै हाम्रो दुरी निकालिसके पछि डिभाइसलाई हाम्रो स्थानको एउटा सटिक जानकारी हुन्छ। यसरी गर्दा हाम्रो स्थान ठिक ठाउँमा देखिन्छ। हेर्दा लामो पक्रिया भए तापनि यो यति छिटो हुन्छ कि तपाइले मोबाइलको जिपिएस खोलेको एक छिनमै तपाइले आफ्नो स्थान देख्न सक्नु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?