३ भदाै, काठमाडाैँ । चर्चित युट्युबर भोजराज थापाको युट्युब च्यानल ह्याक भएको छ। करीब ११ लाख सब्स्क्राइबर भएको उक्त च्यानल ह्याक भएको हो।
युट्युब च्यानलबाट कुनै भिडियोहरू हटाइएको छैन। तर, युट्यबु च्यानलको नाम भने परिवर्तन गरेर ‘युएफसी-अल्टिमेट फाइटिङ च्याम्पियनसिप लाइभ’ राखिएको छ।
बिहीबार ह्याक भएको च्यानल अहिलेसम्म रिकभर भएको छैन।