इन्टरनेट अहिले सबैको लागि धेरै माध्यमले एउटा महत्त्वपूर्ण भाग बनेको छ। यसको कारण यसलाई ठुलो र सफल बनाउने समुदाय र त्यससँग सम्बन्धित कम्पनी र यापहरुले हो। फेसबुक, ट्विटर, रेडिट, युट्युब, जस्ता समुदायले गर्दा सबै संसार एकै ठाउँमा जम्मा हुन सफल भयो। रेडिट अहिले युवा समूहको लागि एकदमै फाइदाजनक र लोकप्रिय बनेको छ।
रेडिट समुदाय अहिले विश्वको सबैभन्दा ठुलो र सक्रिय समुदायहरू मध्ये एक बनेको छ।
हरेक दिन यहाँ नयाँ नयाँ समुदाय बन्ने, वार्षिक रूपमा नयाँ भेट हुने गर्दै यसको समुदाय बढ्दै गइरहेको छ। आज हामी रेडिटको समुदाय चल्ने मोडल र यसको सफलताको बारेमा बुझ्ने प्रयास गर्ने छौ।
रेडिटको मोडल आफ्नो कुनै समुदाय आफै बनाउनुभन्दा पनि समुदायहरू आफै मिलेर आफ्नो समूह आफै बनाउने हो। रेडिटले यो विश्वास गर्छ कि समुदाय सिर्जना गर्ने कुरा होइन। त्यसको सट्टा बरु रेडिटले पहिलेदेखि नै रहेका समुदायहरूलाई लिएर उनीहरूले कस्ता समुदायहरू गठन गर्न खोजिरहेका छन्, रेडिटको समुदायले तिनीहरूलाई कसरी विकास गर्न मद्दत गर्न सक्छ, र रेडिटले ती समुदायहरूको सेवा कसरी गर्न सक्छ भनी प्रयास गर्छ।
रेडिटको मोडल र सफलताको कारण
युजरको खोज
रेडिटको सुरुका दिनहरूमा खासै धेरै प्रयोगकर्ताहरू थिएनन्। त्यहाँ मुख्य रूपमा बनेका प्रयोगकर्ताहरू प्रोग्रामरहरु थिए। यसको कारण भने प्रोग्रामरहरु जता ततै सक्रिय थिए। त्यसैले सुरुका दिनहरूमा प्रोग्रामिङ, इन्जिनियरिङ रुचि राख्ने व्यक्तिहरू रेडिटमा धेरै थिए र त्यसपछि रेडिट एउटाबाट अर्कोसम्म कुरै कुरा र मुखको भरमा फैलिन लाग्यो।
कुनै पनि स्टार्टअपको सुरुवाती दिनहरूमा पहिलो कठिनता नै प्रयोगकर्तालाई जुटाउनु हुन्छ। रेडिटले भने यो समस्याको समाधान छिटै पायो।
मोडलमा फेरबदल
सुरुमा बनाइएको मोडेल त्यही नै रहिरहन्छ भन्ने हुँदैन। प्रयोगकर्ताको आवश्यकता बुझेर त्यही अनुसार फेरिने स्टार्टअपहरू नै सफल हुन्छन्। जस्तै : एमेजोन सुरुको दिनहरूमा किताब किनबेचको समुदाय मात्र थियो । क्रेगलिस्ट घटनाहरूको लागि एक इमेल सूची थियो।
स्टार्टअपको मुख्य कार्य सुरुमा आवश्यकता पुरा गर्ने हो। यसरी आवश्यकता पुरा गर्ने गरि बनाइएको सुरुको मोडललाई एमभीपि (MVP) भनिन्छ। त्यस पश्चात अझै फेर्न र समावेश गर्न सकिने कुराहरू मिलाएर अघि बढ्ने हो।
रेडिटले आफ्नो प्रयोगकर्ताको आवश्यकता बुझ्दै फेर्न पर्ने कुराहरू समावेश गर्दै अघि बढ्यो। यस कारण नै रेडिट प्रयोगकर्ताहरूको लागि आफ्नै समुदाय जस्तो बन्न गयो।
वास्तविक जीवनमा आवश्यकता
कुनै पनि स्टार्टअप सफल हुन त्यसले ल्याएको विचार र मोडल सामान्य जीवन र काममा कसरी आवश्यक भएर जान्छ भन्नेमा भर पर्दछ। यदि त्यो विचार सुन्दा राम्रो भए तापनि यसले कसैको जीवनमा खासै केहि प्रभाव नपार्ने हो भने यसको सफलता शंकास्पद हुन्छ।
रेडिटले प्रदान गर्ने मुख्य फिचर यो हो कि यसले मानिसहरूलाई कुनै पनि चीजको बारेमा कुरा गर्नको लागी एक घर र समुदाय सिर्जना गर्दछ। यहाँ सबैले आफ्नो समुदाय भेटाउन सक्दछन्, चाहे त्यो अलोकप्रिय होस् वा अजिब नै किन नहोस्।
यसको लागि रेडिटले सबैलाई आफ्नो समूह दिन सानो सानो सबरेडिट बनायो, जहाँ प्रयोगकर्ताहरूले आफ्नो रुचि रहेका विषयहरूमा कुरा गर्न सक्दछन्। त्यसै माथि जो कोहीले पनि आफ्नो समुदाय बनाउन सक्छ। यसले गर्दा कोही छुट्दैन र सबै जना नयाँ वार्तालापमा समावेश हुने अवसर पाउँदछन्।
अहिले आएर सबै नयाँ डिजिटल विषय, बहर, राजनीति, वादविवाद, सबै यही रेडिटबाट सुरु हुन्छ। क्रिप्टोकरेन्सीदेखि बिटकोइनसम्मका नयाँ विषयहरू यहाँ दिनरात चर्चामा रहन्छन्।
कहिलेकाहीँ सबैभन्दा राम्रो कदम कुनै स्टार्टअपको लागि आफ्नो समुदायमा रहेका व्यक्तिहरूको कुरा सुन्ने हो। रेडिट सफल हुनुको एक मुख्य कारण यसले आफ्नो युजरको आवश्यकता सुनेर बुझेर त्यही अनुसार आफैलाई फेर्दै आयो।