४ भदार्, एजेन्सी। एप्पलले आईफोन, आईप्याड र म्याकहरूमा भएको गम्भीर सुरक्षा कमजोरीको खुलासा गरेको छ। यी उपकरणमा देखिएको सुरक्षा खराबिका कारण आक्रमणकारीहरूले उपकरणहरूमाथि पूर्ण नियन्त्रण राख्न सक्ने चेतावनी समेत दिइएको छ।
एप्पललले एक रिपोर्टको बारेमा सचेत भएको उल्लेख गर्दै यो मुद्दा को सक्रिय शोषण भएको हुन सक्ने बताएको छ।
एप्पलले बुधवार मुद्दाको बारेमा दुई सुरक्षा रिपोर्टहरू जारी गरेको थियो। तर, प्राविधिक प्रकाशनहरू यसबारे त्यति ध्यान भने नदिएको याहु फाइनान्सले उल्लेख गरेको छ।
सुरक्षा विशेषज्ञहरूले प्रयोगकर्ताहरूलाई प्रभावित उपकरणहरू अपडेट गर्न सल्लाह दिएका छन्। आईफोन ६ एस र पछिका मोडेलहरू, आईप्याडका धेरै मोडेलहरू, फिफ्थ जेनेरेसन र त्यसपछिका मोडल, सबै आईप्याडका प्रो मोडेलहरू र आईप्याड एयर २; र MacOS Monterey चलिरहेको Mac कम्प्युटरहरू सुरक्षा कमजोरीबाट प्रभावित भएको बताइएको छ।
एप्पलको कमजोरीको व्याख्या भनेको ह्याकरलेउपकरणमा फूल एडमिन एक्सेस प्राप्त गर्न सक्नेछन्। सोसलप्रूफ सेक्युरिटीका प्रमुख कार्यकारी राहेल टोब्याकका अनुसार यसबाट ह्याकरहरूले प्रयोगकर्ताकै रूपमा कुनै पनि कोड कार्यान्वयन गर्न सक्छन्।
‘आफ्नो सफ्टवेयर अपडेट गर्न विशेष ध्यान दिनु पर्नेहरू सार्वजनिक नजरमा रहेका व्यक्तिहरू हुन्, जस्तै कार्यकर्ता वा पत्रकारहरू जो परिष्कृत राष्ट्र-राज्य जासुसीको लक्ष्य हुन सक्छन्’, टोब्याकले भने।