४ भदाै, एजेन्सी। मेटाले सोसल मिडिया इन्फ्लुएन्सर एन्ड्रयू टेटलाई फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएको छ। ती सोसल मिडियाका नीतिहरूको उल्लंघन गरेपछि उनिमाथि प्रतिबन्ध लगाएको हो।
२०१६ मा एक महिलामाथि आक्रमण गरेको देखाइएपछि उनलाई टिभी शो बिग ब्रदरबाट हटाइएको थियो। त्यसपछि पूर्व किकबक्सरको चर्चा चुलिएको थियो।
उनले अनलाइनमा भने बदनाम कमाए। ट्विटरले उनलाई यौन दुर्व्यवहारको लागि महिलाहरूले जिम्मेवारी वहन गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि प्रतिबन्ध लगाएको थियो।
इन्स्टाग्रामले प्रतिबन्ध लगाएको उनको अकाउन्टमा ४७ लाख फलोअर्स थिए। जुनमा करिब १० लाख फलोअर्सबाट त्यो संख्या द्रुत गतिमा बढेको थियो।
मेटाले खतरनाक संगठन र व्यक्तिहरूमा आफ्नो नीतिहरू उल्लङ्घन गरेकोमा किकबक्सिङ स्टारलाई आफ्नो प्लेटफर्मबाट हटाएको प्रस्ट पारेको छ।
बिग ब्रदरबाट हटाइएका बेला टेटले भिडियो सम्पादन गरिएको र यसलाई आफुलाई नराम्रो देखाउन खोजेको पूर्ण झूट भएको प्रतिक्रिया दिएका थिए।
उनले मेटाले लगाएको प्रतिबन्धबारे भने कुनै टिप्पणी गरेका छैनन्।