Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

कुनै पनि विचारलाई कसरी स्टार्टअपसम्म पुर्‍याउने?

कुनै पनि विचारलाई कसरी स्टार्टअपसम्म पुर्‍याउने?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

५ भदौ, काठमाडौँ । प्राय सबै स्टार्टअपहरू एउटा विचारको साथ सुरु हुन्छन्। हरेक व्यक्तिलाई आफ्नो स्टार्टअपको विचारले संसार नै परिवर्तन गर्छ भन्ने भावना पनि आउँछ। तर केवल केही हात भरिका स्टार्टअपहरू मात्र सफल हुन सक्छन्। दह्रो क्षमता र उत्तेजक प्रभावहरू भएका विचारहरू किन सफलताको मार्गमा बिचमै हराउँछन् त?

यसको कारण कहिले काहीँ नगदको कमी हुन सक्छ तर अधिकांश रूपमा त्यो सोचेको विचारलाई समयमै एमभिपिमा परिणत नगरेको भएर हुन्छ। एमभिपि कुनै खतरा उत्पादन वा उपकरण होइन। वास्तवमा, यो कुनै पनि सोचेको बिचारको केवल एउटा नाङ्गो हड्डी हो। यसद्वारा पूर्ण विकसित उत्पादन कस्तो देखिन सक्छ भन्ने अनुमान र अड्कल लगाउन सकिन्छ। साथै आउन सक्ने समस्याहरू ठुलो बन्नु अघि नै समाधानमा लागिन्छ।

एमभिपिमा पुग्नु महत्त्वपूर्ण छ किनकि यसले तपाईँलाई प्रारम्भिक दिनहरूमा धेरै पैसा र समय बचत गर्नेछ। यदि तपाइले सिधै अन्तिम उत्पादन वा उपकरण तयार गर्न लाग्नु भयो भने त्यसमा धेरै पैसा, समय र अनुसन्धान लाग्दछ। यति गर्दा पनि त्यो मोडल पक्कै नै चल्छ र सफल हुन्छ भन्ने कहिल्यै हुँदैन।

अर्को तर्फ, यदि तपाईँ एमभिपि बनाउन लाग्नु भयो भने यसले तपाइको सोचेको मोडल कत्तिको काम गर्छ अनि बजारमा कत्तिको महत्त्व राख्ने छ भन्ने अड्कल पाउनु हुनेछ। कुनै पनि विचारलाई एमभिपिसम्म पुर्‍याउन केही महत्त्वपूर्ण चरणहरू पार गर्नुपर्ने हुन्छ।

स्टार्टअपका चरणहरू

विचार सिर्जना र अनुसन्धान

डोमेन खरिद गर्नु र वेबसाइट मात्र बनाउनु स्टार्टअप होइन। स्टार्टअप एउटा विचारको साथ सुरु भएको काम हो जसले मानिसहरूमा वास्तविक प्रभाव पार्न सक्छ। तर तपाईँ कसरी थाहा पाउनुहुन्छ कि तपाईँको विचारले सही रूप लिनेछ?

यसको लागि पहिले तपाईँ यसलाई डेटा र धेरै र धेरै अनुसन्धानको साथ मान्य गर्नुहुन्छ। यदि यो विचार हाम्रो समाज र बजारमा आवश्यक छ भने त्यसलाई लिएर अघि बढ्दा बल्ल राम्रो हुनेछ।

प्रयोगकर्तासँग केन्द्रित

कुनै पनि स्टार्टअपले सबैभन्दा पहिले प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन वा सेवा बनाउनु पर्दछ।

नयाँ विचारसँग काममा लाग्दा विविध विशेषताहरू समावेश गर्ने इच्छा हुन सक्छन्। तर, यदि समयमा सही रूपमा योजना नबनाएर सबै अनावश्यक विशेषताहरुलाई एमभिपिमा समावेश गर्न खोज्यो भने त्यो सही रूपमा अघि बढ्न सक्दैन।

केवल आवश्यक र शीर्ष प्राथमिकता भएका विषयहरू मात्र एमभिपिको यस चरणका लागि चयन गर्नु पर्दछ। स्टार्टअपको एमभिपिको प्राथमिकता प्रारम्भिक प्रयोगकर्ताहरूलाई सन्तुष्ट गर्न सक्षम र भविष्यमा विकसित हुने सम्भावना भएकाहरूलाई समावेश गर्नु पर्दछ।

उत्पादनको सिर्जना

एमभिपिबाट आएको प्रतिक्रियालाई बुझेर मात्र अब चाहिने र प्रयोगकर्तामध्ये चलेको विशेषतालाई प्राथमिकता दिँदै उत्पादन बनाउन तर्फ लाग्नु पर्दछ।

यस चरणमा प्रयोगकर्तालाई वास्तविक मूल्य दिनको लागि पहिले व्यक्त गरिएका सबै आवश्यकतालाई समावेश गर्दै उत्पादन सिर्जना गर्न आवश्यक छ।

प्रतिक्रिया

प्रतिक्रिया कुनै पनि स्टार्टअपको लागि ठुलो आवश्यकता हो। कुनै पनि स्टार्टअप केवल विचार र उत्पादनले सफल हुँदैन। कति पटक त हेर्दा सुन्दा राम्रो हुने स्टार्टअप पनि बजारमा चल्दैन। यसको कारण तिनीहरूले आफ्ना प्रयोगकर्ताहरूको सुझावलाई वास्ता नगर्नु हो।

रेडिटजस्ता एपहरू सफल हुनुको कारण प्रयोगकर्ताको आवश्यकताहरूलाई प्राथमिकता राख्नु हो। प्रतिक्रिया आएका कुराहरूलाई सुधार गर्न र अन्तमा अन्य सबै सुविधाहरूलाई जीवन दिन आवश्यक हुनेछ जसले तपाईँको स्टार्टअपलाई पूर्ण बनाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?