Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
इन्टरनेट

कसरी सफल बन्यो रेडिट?

४ भाद्र २०७९, शनिबार ०८:०१

इन्टरनेट अहिले सबैको लागि धेरै माध्यमले एउटा महत्त्वपूर्ण भाग बनेको छ। यसको कारण यसलाई ठुलो र सफल बनाउने समुदाय र त्यससँग सम्बन्धित कम्पनी र यापहरुले हो। फेसबुक, ट्विटर, रेडिट, युट्युब, जस्ता समुदायले गर्दा सबै संसार एकै ठाउँमा जम्मा हुन सफल भयो। रेडिट अहिले युवा समूहको लागि एकदमै फाइदाजनक र लोकप्रिय बनेको छ।

रेडिट समुदाय अहिले विश्वको सबैभन्दा ठुलो र सक्रिय समुदायहरू मध्ये एक बनेको छ।

हरेक दिन यहाँ नयाँ नयाँ समुदाय बन्ने, वार्षिक रूपमा नयाँ भेट हुने गर्दै यसको समुदाय बढ्दै गइरहेको छ। आज हामी रेडिटको समुदाय चल्ने मोडल र यसको सफलताको बारेमा बुझ्ने प्रयास गर्ने छौ।

रेडिटको मोडल आफ्नो कुनै समुदाय आफै बनाउनुभन्दा पनि समुदायहरू आफै मिलेर आफ्नो समूह आफै बनाउने हो। रेडिटले यो विश्वास गर्छ कि समुदाय सिर्जना गर्ने कुरा होइन। त्यसको सट्टा बरु रेडिटले पहिलेदेखि नै रहेका समुदायहरूलाई लिएर उनीहरूले कस्ता समुदायहरू गठन गर्न खोजिरहेका छन्, रेडिटको समुदायले तिनीहरूलाई कसरी विकास गर्न मद्दत गर्न सक्छ, र रेडिटले ती समुदायहरूको सेवा कसरी गर्न सक्छ भनी प्रयास गर्छ।

रेडिटको मोडल र सफलताको कारण

युजरको खोज

रेडिटको सुरुका दिनहरूमा खासै धेरै प्रयोगकर्ताहरू थिएनन्। त्यहाँ मुख्य रूपमा बनेका प्रयोगकर्ताहरू प्रोग्रामरहरु थिए। यसको कारण भने प्रोग्रामरहरु जता ततै सक्रिय थिए। त्यसैले सुरुका दिनहरूमा प्रोग्रामिङ, इन्जिनियरिङ रुचि राख्ने व्यक्तिहरू रेडिटमा धेरै थिए र त्यसपछि रेडिट एउटाबाट अर्कोसम्म कुरै कुरा र मुखको भरमा फैलिन लाग्यो।

कुनै पनि स्टार्टअपको सुरुवाती दिनहरूमा पहिलो कठिनता नै प्रयोगकर्तालाई जुटाउनु हुन्छ। रेडिटले भने यो समस्याको समाधान छिटै पायो।

मोडलमा फेरबदल

सुरुमा बनाइएको मोडेल त्यही नै रहिरहन्छ भन्ने हुँदैन। प्रयोगकर्ताको आवश्यकता बुझेर त्यही अनुसार फेरिने स्टार्टअपहरू नै सफल हुन्छन्। जस्तै : एमेजोन सुरुको दिनहरूमा किताब किनबेचको समुदाय मात्र थियो । क्रेगलिस्ट घटनाहरूको लागि एक इमेल सूची थियो।

स्टार्टअपको मुख्य कार्य सुरुमा आवश्यकता पुरा गर्ने हो। यसरी आवश्यकता पुरा गर्ने गरि बनाइएको सुरुको मोडललाई एमभीपि (MVP) भनिन्छ। त्यस पश्चात अझै फेर्न र समावेश गर्न सकिने कुराहरू मिलाएर अघि बढ्ने हो।

रेडिटले आफ्नो प्रयोगकर्ताको आवश्यकता बुझ्दै फेर्न पर्ने कुराहरू समावेश गर्दै अघि बढ्यो। यस कारण नै रेडिट प्रयोगकर्ताहरूको लागि आफ्नै समुदाय जस्तो बन्न गयो।

वास्तविक जीवनमा आवश्यकता

कुनै पनि स्टार्टअप सफल हुन त्यसले ल्याएको विचार र मोडल सामान्य जीवन र काममा कसरी आवश्यक भएर जान्छ भन्नेमा भर पर्दछ। यदि त्यो विचार सुन्दा राम्रो भए तापनि यसले कसैको जीवनमा खासै केहि प्रभाव नपार्ने हो भने यसको सफलता शंकास्पद हुन्छ।

रेडिटले प्रदान गर्ने मुख्य फिचर यो हो कि यसले मानिसहरूलाई कुनै पनि चीजको बारेमा कुरा गर्नको लागी एक घर र समुदाय सिर्जना गर्दछ। यहाँ सबैले आफ्नो समुदाय भेटाउन सक्दछन्, चाहे त्यो अलोकप्रिय होस् वा अजिब नै किन नहोस्।

यसको लागि रेडिटले सबैलाई आफ्नो समूह दिन सानो सानो सबरेडिट बनायो, जहाँ प्रयोगकर्ताहरूले आफ्नो रुचि रहेका विषयहरूमा कुरा गर्न सक्दछन्। त्यसै माथि जो कोहीले पनि आफ्नो समुदाय बनाउन सक्छ। यसले गर्दा कोही छुट्दैन र सबै जना नयाँ वार्तालापमा समावेश हुने अवसर पाउँदछन्।

अहिले आएर सबै नयाँ डिजिटल विषय, बहर, राजनीति, वादविवाद, सबै यही रेडिटबाट सुरु हुन्छ। क्रिप्टोकरेन्सीदेखि बिटकोइनसम्मका नयाँ विषयहरू यहाँ दिनरात चर्चामा रहन्छन्।

कहिलेकाहीँ सबैभन्दा राम्रो कदम कुनै स्टार्टअपको लागि आफ्नो समुदायमा रहेका व्यक्तिहरूको कुरा सुन्ने हो। रेडिट सफल हुनुको एक मुख्य कारण यसले आफ्नो युजरको आवश्यकता सुनेर बुझेर त्यही अनुसार आफैलाई फेर्दै आयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?