Trending:

नेपालमा पहिलो पटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च ‘एससीटी स्मार्ट वेनस्डे’ अफर: ग्राहकहरूका लागि आकर्षक छुट बिवाइडी: अब मात्र ५ मिनेटमा चार्ज, ४०० किमी यात्रा गर्न सकिने टाटा मोटर्सका नयाँ ईभी मोडलहरू बुटवल र भैरहवामा लन्च स्मार्टफोन चार्ज नहुने समस्याबाट हैरान? यी टिप्सले समाधान दिन सक्छन् दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको मूल्य निर्धारणका लागि समिति गठन नेपाली बजारमा टाटा योधा १.५टी पिकअप सार्वजनिक जगदम्बा मोटर्सले नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ स्कुटर सार्वजनिक गर्‍यो सीबीफीन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न मेरो शेयर सर्भरमा समस्या, सेवा प्रभावित भारतीय अन्तरिक्ष मिशनद्वारा स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ सम्पन्न बजार बजारमा साओमी १५ अल्ट्रा “चन्द्रमामा नोकियाको फोरजी नेटवर्क सक्रिय बाबुराम भट्टराईको फेसबुक पेज ह्याक इसेवा र हिमालयन बैंकबीच डिजिटल कारोबारको लागि साझेदारी भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुत गतिको इन्टरनेट सेवा सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी डिपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल तीन सामाजिक सञ्जाल सूचीकरण, अरुलाई सूचीकरण गर्न आग्रह आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प, विशेष सुविधा सहितको अभियान एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा १० जना ग्राहकलाई आइफोन १६ उपहार दिँदै वर्ल्डलिंक संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह लिपमोटरको टी-०३ ईभी सार्वजनिक कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ग्लोबल आइएमई बैंकले एआई- एमएल ह्याकाथन आयोजना गर्ने नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु नेपालकै ठूलो एमएडब्लू ईभी कार्निभल आयोजना हुँदै अमेरिकी विमानवाहक दक्षिण कोरिया पुग्यो, उत्तर कोरियासँग तनाव बढ्ने संकेत काठमाडौंमा एमएडब्लु इभी कार्निभल हुँदै बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस पाइने ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु बीवाईडीको हाईटेक वीक सुरु डिजिटल प्रविधिले छिटोछरितो न्याय निरूपण टेलिटकले नेपालमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन नेपालमा टाटाको ‘कर्भ डट ईभी’ ईभी सार्वजनिक ‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ’ पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न टेक्नोका फोनमा अब ‘डिपसिक एआई’ दिपलको नयाँ स्टेट–अफ–आर्ट सोरुम पोखरामा प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट लन्च हुँदै पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ता : ट्रम्प शाओमी १४ टि नेपालमा सार्वजनिक, मूल्य कति ? स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक
अपडेट

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्राधिकरणका अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सल्लाहकार भूपेन्द्र भण्डारीदेखि साझा प्रकाशनका पूर्व महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासम्मले आवेदन दिएका छन् ।

टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि २४ पुसमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले १४ माघमा अध्यक्ष पदका लागि आवेदन माग्दै सूचना निकालेको थियो ।

जसमा सञ्चार मन्त्रीका सल्लाहकार रहेका भण्डारीदेखि विभिन्न संस्थानहरूमा यसअघि नेतृत्व गरिसकेकाहरू आकांक्षीका रूपमा देखिएका छन् । प्रतिस्पर्धामा प्रबल दाबेदार मानिएका भण्डारी गत ५ असारको मन्त्रिपरिषद्‌ बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसमेतको लगानीमा बुरुण्डीमा चलेको स्मार्ट मोबाइलमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर २००८ देखि २०१५ सम्म काम गरेका भण्डारीले सियरालियोनको इन्टरग्रुप टेलिकममा सीईओ भएर काम गरेका थिए ।

यस्तै बाग्लुङ-९का डोलिन्द्रप्रसाद शर्मा भने अनियमितताको आरोपमा ८ असोज २०७४ साझाबाट बर्खास्तिमा परेका थिए । भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।

यस्तै अनिल झा, मैनेजरप्रसाद साह, रोहित रौनियार, देवनारायण यादव, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्दविक्रम अधिकारी र माधवप्रसाद रेग्मीले आवेदन दिएका छन् । सागरनाथ उपाध्याय, सुशील ओझा, रामदेव यादव, नवीन जिसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट र लक्ष्मीप्रसाद पण्डितले पनि दाबेदारी प्रस्तुत गरेका छन् ।

यस्तै दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, पंकजकुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालले पनि आवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?