© 2021-2024
नेपालको डिजिटल वालेट ‘आइएमई पे’मार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस पाइने भएको छ ।
आइएमई पेले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो ।
अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनससम्म पाउनेछन् ।
मनीग्रामबाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने जनाइएको छ ।
फागुन १० गतेबाट सुरु भएको अफर दुई महिना सम्म रहने जनाइएको छ ।