५ भदाै, एजेन्सी। ट्विटरसँगको लडाईमा एलन मस्कको कानुनी टोलीले गरेको फाइलिङलाई प्रमुख बोट अनुसन्धानकर्ताहरूले प्रश्न गरेका छन्।
एलन मस्कले ट्विटरसँगको लडाइँमा बोटोमिटर प्रयोग गरेका थिए। बोटोमिटर स्प्याम र नक्कली अकाउन्टहरू ट्र्याक गर्ने एक अनलाइन टूल हो।
उक्त टूल प्रयोग गरी मस्कको टोलीले सोशल मिडिया प्लेटफर्ममा देखिएका अकाउन्टहरूमध्ये ३३ प्रतिशत स्प्याम भएको अनुमान गरेका थिए। यद्यपि, बोटोमिटरका निर्माता र मर्मतकर्ता, काइचेङ याङले यो तथ्याङ्कले केही अर्थ राख्दैन भनिसकेका छन्।
याङले मस्कको टोलीले प्रयोग गर्ने पद्धतिमाथि प्रश्न उठाए र बीबीसीसँग उनीहरूले टूल प्रयोग गर्नु अघि उनीसँग सम्पर्क नगरेको बताएका छन्।
४४ अर्ब डलरमा कम्पनी खरिद गर्ने सम्झौताबाट बाहिरिने प्रयास गरेपछि मस्क अहिले ट्विटरसँग विवादमा छन्।
अक्टोबरमा डेलावेयरको अदालतमा चल्ने मुद्दामा न्यायाधीशले मस्कलाई ट्विटर किन्नु पर्ने कि नपर्ने भनेर फैसला गर्नेछन्।
जुलाईमा मस्कले उक्त प्लेटफर्ममा कति मानिस छन् भनेर प्रमाणित गर्न नसकेका कारण ट्विटर नकिन्ने बताएका थिए।
त्यसबेलादेखि विश्वका सबैभन्दा धनी व्यक्तिले बारम्बार नक्कली र स्प्याम अकाउन्टहरू ट्विटरले भने भन्दा धेरै गुणा बढी हुन सक्छ भन्ने दाबी गरिरहेका छन्।