५ भदाै, एजेन्सी। गुगल म्याप ग्लिच भएको छ। ग्लिच भएपछि गुगल म्यापले अष्ट्रेलियाको उत्तरी क्वीन्सल्याण्डको एक पहाडमा यात्रुवाहक विमान बसेको देखिएको छ।
विमान कार्डवेल दायराहरूमा देख्न सकिन्थ्यो। तर, कुनै पनि हिसाबले क्षतिग्रस्त भएको देखिएन। उक्त विमान या त अवतरण गरिएको वा सोचेभन्दा धेरै तल उडेको जस्तो देखिन्थ्यो। विमानमा कुनै चिन्ह थिएन र कुनै ज्ञात उडान मार्गहरूमा थिएन।
केर्न्स पोष्टका अनुसार अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोले कुनै पनि यात्रुवाहक विमान हराएको बारे थाहा नभएको बताएको छ।
गुगलमा अनौठो कुरा देखिएको यो पहिलो पटक होइन। गत वर्ष, एउटा रहस्यमय वस्तुलाई गुगल अर्थमा रेडिट प्रयोगकर्ताले देखेको थिए। यसलाई दुर्घटना भएको अपरिचित वस्तु भनिएको थियो।
गुगल म्यापको पछिल्लो ग्लिचले गुगलको आलोचना भइरहेको छ।